शनिबार, वैशाख १२, २०८३

दक्षिण अफ्रिकाको बारमा गोली चल्दा १४ जनाको मृत्यु

दक्षिणी अफ्रिकाको जोहानसबर्गस्थित एउटा बारमा गोली चल्दा १४ जनाको मृत्यु भएको छ। घटनामा ३ जना घाइते भएको बीबीसीले जनाएको छ।
 |  आइतबार, असार २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार २६, २०७९

National life
kumari

काठमाडौं– दक्षिणी अफ्रिकाको जोहानसबर्गस्थित एउटा बारमा गोली चल्दा १४ जनाको मृत्यु भएको छ। घटनामा ३ जना घाइते भएको बीबीसीले जनाएको छ।

प्रहरीका अनुसार जोहानेसबर्गको सोवेटो टाउनसिपमा रहेको बारमा गोली हानाहान भएको हो। मिनीबसमा आएको समूहले सुरुमा बारका सुरक्षा गार्डमाथि गोली चलाएका थिए। त्यसपछि बारभित्र पसेर गोली प्रहार गरेको बताइएको छ।  

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ।  घटना शनिबार रातिको हो। बारमा नाचगान चलिरहेका बेला बन्दुकधारीहरु पसेर अन्धाधुन्ध गोली चलाएका थिए। आक्रमणकारीलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन। 

प्रकाशित: Jul 10, 2022| 14:35 आइतबार, असार २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।