बुधबार, माघ ९, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • कैलालीमा लागूऔषधको बढ्दो ग्राफ : तीन वर्षमा ५६६ पक्राउ, ३६० मुद्दा दर्ता

Siddartha premir insuranceSiddartha premir insurance

कैलालीमा लागूऔषधको बढ्दो ग्राफ : तीन वर्षमा ५६६ पक्राउ, ३६० मुद्दा दर्ता

कैलालीमा लागूऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको पाइएको छ। भारतीय सीमासँग जोडिएको कैलालीमा गत वर्षभन्दा चालु आर्थिक वर्षमा दोब्बर बढी लागूऔषध प्रयोगकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
 |  आइतबार, असार २६, २०७९

भीम चौधरी

भीम चौधरी

आइतबार, असार २६, २०७९

ntc landingntc landing

धनगढी- कैलालीमा लागूऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको पाइएको छ। भारतीय सीमासँग जोडिएको कैलालीमा गत वर्षभन्दा चालु आर्थिक वर्षमा दोब्बर बढी लागूऔषध प्रयोगकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

himalayan bank box

जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्यांक अनुसार चाल आर्थिक वर्ष २०७८/७९ को जेठ ३१ गतेसम्म लागूऔषधसहित २७३ जनालाई पक्राउ परेका छन्। पक्राउ परेकामध्ये ११ जना महिला रहेका छन्। 

प्रहरीले सो अवधिमा १७१ मुद्दा दर्ता भएको जनाएको छ। पक्राउ परेकाबाट ब्राउन सुगर, नाईट्रोभेट, चरेश, खैरो हेरोइन बरामद भएको प्रहरीको तथ्यांकमा उल्लेख छ।

गत आर्थिक वर्ष २०७७/०७८ मा प्रहरीले १३२ जनलाई लागूऔषधसहित पक्राउ गरेको थियो। पक्राउ परेकोमध्ये ६ जना महिला छन्। उक्त अवधिमा प्रहरीले ९१ वटा मुद्दा दर्ता गरेको छ।

आर्थिक वर्ष २०७६/७७ मा लागूऔषधसहित १६१ जनालाई पक्राउ गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ। सो अवधिमा ९८ मुद्दा दर्ता भएको प्रहरीको तथ्यांक छ। पक्राउ परेकाबाट ब्राउन सुगर, गाँजा, नाईट्रोभेट, स्पास्मो, कोरेक्स र चरेश बरामद भएको तथ्यांकमा छ। 

तीन वर्षमा ५६६ पक्राउ, ३६० मुद्दा दर्ता

प्रहरीले तीन वर्षमा ५६६ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ। प्रहरीले सो अवधिमा ३६० मुद्दा दर्ता गरेको छ। पक्राउ पर्नेमा सबैभन्दा बढी ब्राउन सुगरसहितका रहेको कैलाली प्रहरीले जनाएको छ। 

पक्राउ परेका लागूऔषध प्रयोगकर्तालाई अभिमूखिकरण दिँदै प्रहरी

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार जिल्लाको त्रिनगर भन्सार, गोदावरी, टीकापुर, भजनी, लम्की र चिसापानीबाट उनीहरू पक्राउ परेका हुन्। 

७० किलो चरेश, ९१३ ग्राम ब्राउन सुगर बरामद

प्रहरीले तीन वर्षको अवधिमा कैलालीमा पक्राउ परेकाबाट ठूलो परिणाममा ब्राउन सुगर, गाँजा, चरेश, नाईट्रोभेट, स्पास्मो, कोरेक्स बरामद गरेको छ। 

पक्राउ परेकाबाट प्रहरीले ९१३ ग्राम ९३१ मिलिग्राम ब्राउन सुगर, ७० किलो ६३५ ग्राम चरेश, ३५ किलो ४१९ ग्राम गाँजा, नाईट्रोभेट ६ हजार ७४४ ट्याब्लेर, स्पास्मो दुई हजार ६५५ ट्याबलेट बरामद गरेको प्रहरीको तथ्यांकमा छ। 

भन्सारमा कडाई, खुला सीमानाकाले नियन्त्रणमा समस्या 

कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले लागूऔषध नियन्त्रमा प्रहरीले कडाई गरेको बताए। 

२०७९ असार १४ गते गोदावरी-५ बाट प्रहरीले बरामद गरेको खैरोहिरोइन

प्रहरी नायव उपरीक्षक जोशीले लागूऔषध नियन्त्रण गर्न भन्सार लगायत सीमा क्षेत्रमा कडाई गरे पनि खुला सीमानाकाका कारण लागूऔषध ओसारपसार कर्तालाई नियन्त्रणमा लिन चुनौति रहेको बताए। 

उनले लागूऔषध न्यूनिकरणका लागि बिभिन्न संघसंस्थासंगको सहकार्यमा विद्यालय, क्याम्पस तथा सार्वजनिक स्थानमा अभिमुखिकरण तथा सचेतना कार्यक्रम सञ्चालन गरिरहेको बताए।

प्रकाशित: Jul 10, 2022| 13:11 आइतबार, असार २६, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।