सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बुटवलमा युवकसँग होटेल गएकी युवती झुण्डिएको अवस्थामा फेला

बुटवलमा युवकसँग होटेल गएकी युवती झुण्डिएको अवस्थामा फेला

रुपन्देहीको बुटवलस्थित एक होटेलमा युवती मृतावस्थामा फेलापरेकी छन्।
 |  आइतबार, असार २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार २६, २०७९

बुटवल- रुपन्देहीको बुटवलस्थित एक होटेलमा युवती मृतावस्थामा फेलापरेकी छन्।

National life

बुटवल उपमहानगरपालिका-३ स्थितपाल्पाली होटेलमा बुटवल–११ की २१ वर्षीया समीक्षा गुरुङ झुन्डिएको अवस्थामा फेलापरेकी प्रहरीले जनाएको छ।

गए राति ती युवती र एक युवक होटेलमा बस्न गएको खुल्ल आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले बताए।

युवती र युवा राति साढे १० बजे होटेलमा गएको खुलेको प्रहरीको भनाइ छ। युवकले राति नै बिल तिरेर गएको र पछि चेक आउट हेर्न जाँदा युवती झुन्डिएको भन्दै राति १२ बजे होटेल सञ्चालकले फोन गरेको प्रहरी प्रमुख केसीले बताए।

युवतीसँगै गएका युवकको अहिलेसम्म पहिचान खुल्न सकेको छैन। युवतीको शव पोस्टमार्टनका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ।

प्रकाशित: Jul 10, 2022| 12:24 आइतबार, असार २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।