मंगलबार, असोज २७, २०८३

डा‍‍. लामिछानेको 'एप्रिसिएटिभ इन्क्वाएरी' गीत सार्वजनिक

विगत २० वर्षदेखि प्रशंसनीय खोज विधि (एप्रिसिएटिभ इन्क्वाएरी) को नियमित खोज, अनुसन्धान तथा तालिम सञ्चालन गर्दै आएका डा. रामचन्द्र लामिछानेको एप्रिसिएटिभ इन्क्वाएरी बोलको गीत सार्वजनिक भएको छ।
 |  आइतबार, असार २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार २६, २०७९

काठमाडौं- विगत २० वर्षदेखि प्रशंसनीय खोज विधि (एप्रिसिएटिभ इन्क्वाएरी) को नियमित खोज, अनुसन्धान तथा तालिम सञ्चालन गर्दै आएका डा. रामचन्द्र लामिछानेको एप्रिसिएटिभ इन्क्वाएरी बोलको गीत सार्वजनिक भएको छ।

व्यक्ति तथा संस्थाहरुको सबल पक्ष तथा सफलताका कारण खोजी गरी नयाँ लक्ष्य निर्धारण गरेर जीवनको तथा संस्थाको नयाँ मार्गचित्र बनाएर सोहीअनुसार कार्ययोजना बनाई कार्यान्वयन गरेमा व्यक्तिको जीवन तथा संस्थामा आमूल सकारात्मक रुपान्तरण आउँछ भन्ने सन्देश गीतले दिएको छ। 

व्यक्ति वा संस्थामा रहेका सकारात्मक तत्वहरु तथा सफलताका कारणहरु तथा सफलतातर्फ उत्प्रेरणा गर्ने जीवदायी उर्जाहरु एवम् भविष्यका चाहनाहरुको पहिचान गरी भविष्यको मार्गचित्र निर्माण गर्दै ती मार्गचित्रलाई साकार पार्न आवश्यक पर्ने संरचना तथा कार्ययोजनाको तयार गरी सोहीमुताविक जीवन वा संस्थालाई अगाडि बढाउने विधिलाई एप्रिसिएटिभ इन्क्वाएरी भनिन्छ। 

सन् १९८८ मा अमेरिकाको केसवेस्टर्न विश्वविद्यालयको वेदरहेड स्कुल अफ म्यानेजमेन्टमा प्रोफेसर डेभिड कुपरराइडरले यस विधिलाई प्रतिपादन गरेका थिए। डा. लामिछानेले सन् २००७ मा यसै विश्वविद्यालयवाट सर्टिफिकेसन कोर्स गरेका थिए भने विद्यावारिधिको क्रममा यस विधिको प्रयोगसमेत गरेका थिए। लामो समयदेखि योजना तर्जुमा, शान्ति निर्माणकर्ता, सञ्चार तथा प्राकृतिक श्रोत साधन व्यवस्थापनका क्षेत्रमा योगदान दिँदै आएका डा. लामिछानेले आफूले तालिम, अनुसन्धान तथा योजना तर्जुमा प्रकृयामा प्राप्त अनुभवहरुलाई सँगालेर यो गीत तयार गरेको बताए। प्रशंसनीय खोजको नेपालका विभिन्न जिल्ला तथा अन्तर्राष्ट्रिय स्तरमा समेत प्रशिक्षण दिँदै आएका लामिछानेले जीवन रुपान्तरण गर्न चाहने सबैका लागि यो गीत मार्गनिर्देशक हुने बताए।

एप्रिसिएटिभ इन्क्वाएरीको सञ्जाल संसारभर नै भए पनि यस विषयको यो नै पहिलो गीत रहेको समेत डा. लामिछानेले जानकारी दिए। एप्रिसिएटिभ इन्क्वाएरीको प्रत्येक ३ वर्षमा विश्व सम्मेलन हुने गरेको छ। सन् २००९ मा चौथो विश्व सम्मेलन नेपालमा भएको थियो। उक्त सम्मेलनमा विश्वका ४२ देशका करिब ४०० जना सहभागी थिए। २०१२ मा बेल्जियमको गेन्ट सहरमा भएको पाँचौं सम्मेलनमा डा. लामिछाने सहभागी भएका थिए भने सन् २०१५ मा दक्षिण अफ्रिकाको जोहानेसवर्गमा भएको छैटौं विश्व सम्मलेनमा अतिथि वक्त्ताको रुपमा समेत सहभागी भएका थिए। 

देशभित्र र बहिर गरी करिब ४०० कार्यशाला तथा तालिम सञ्चालन गरेका लामिछानेले कामको शिलशिलामा नै तयार भएकोले यस गीतले सहभागीहरुलाई विषयवस्तु बुझ्न सहज हुने तर्क रे। नरहरि प्रेमीको संगीत रहेको गीतमा उनीसँगै र सुजीता राई तथा साथीहरुको स्वर रहेको छ। यसअघि सकारात्मक उत्प्रेरणा जागाउने हामी सबैले सक्छौं र खुशी हुँदै फर्कन स्वदेशमा तथा सकारात्मक सोचेके बा भन्ने भोजपुरी गीत सार्वजनिक भइसकेका छन्। डा. लामिछानेका गीतहरु द इरिप्स नामक युट्युब च्यानलमा सुन्न सकिन्छ।

प्रकाशित: Jul 10, 2022| 11:42 आइतबार, असार २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।