झापा- झापामा एक युवक मृत फेला परेका छन्। प्रहरीका अनुसार झापाको बिर्तामोड-शनिश्चरे सडकखण्डमा एक युवक मृत फेला परेका हुन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सडक किनारमा फेला परेका मृतकको साथमा रहेको नागरिकताको आधारमा उक्त शव फिदिम ५, पाँचथरका कुमार खनालको हो।
घटनास्थलको ५ मिटर दूरीमा प्रहरीले बा४२प १२८ नम्बरको मोटरसाइकलसमेत फेला पारेको छ।
प्रहरीले गएराति सडक दुर्घटनाबाट युवकको मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।