काठमाडौं- पोखरामा रङ लगाउँदै गरेका एक मजदुरको घरको दुई तला माथिबाट खसेर मृत्यु भएको छ। मृत्यु हुनेमा ४० वर्षीय कृष्णबहादुर राना मगर रहेका छन्।
सिन्धुली घर भएका उनी पोखरा १७ घारीपाटनमा बस्दै आएका थिए। पोखरा महानगरपालिका वडा नम्बर ५ प्रस्याङ खुँडेपोखरी नजिकै रहेको निर्माणाधीन घरमा रङ लगाउने क्रममा उनलाई बिजुलीको हाइटेन्सन लाइनले छोएको थियो।
करेन्ट लागेपछि भुइँमा खसेका रानाको तत्काल मृत्यु भएको थियो।