बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • श्रीलंकाका राष्ट्रपति राजापाक्षले जुलाई १३ मा राजीनामा दिने

श्रीलंकाका राष्ट्रपति राजापाक्षले जुलाई १३ मा राजीनामा दिने

श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षले राजीनामा दिने भएका छन्। प्रदर्शनकारीले घर कब्जा गरेपछि गएराति राष्ट्रपति राजापाक्षले राजीनामा दिने बताएका हुन्।
 |  आइतबार, असार २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार २६, २०७९

एजेन्सी- श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षले राजीनामा दिने भएका छन्। प्रदर्शनकारीले घर कब्जा गरेपछि गएराति राष्ट्रपति राजापाक्षले राजीनामा दिने बताएका हुन्।

उनी जुलाई १३ मा राजीनामा दिन सहमत भएको सभामुख महिन्दा यापा अभयवर्धनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

प्रधानमन्त्री रनिल विक्रमासिंघेले पनि आफू राजीनामा दिन तयार रहेको बताएका छन्। शनिबार बेलुकी आकस्मिक बैठक बोलाएर उनले जनताको सुरक्षाका लागि आफू राजीनामा दिन तयार रहेको बताएका हुन्।  

शनिबार हजारौंको सहभागीमा भएको प्रदशर्नले राष्ट्रपतिको निवास कब्जामा लिएको थियो।

यसैबीच प्रदर्शनकारीले शनिबार श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेको निजी निवासमा आगो लगाइदिएका छन्। 

kumari

कोलम्बोको फिफ्थलेनस्थित उनको निजी निवासमा प्रदर्शनकारीले शनिबार आगजनी गरेको डेली मिरर अनलाइनले जनाएको छ।

श्रीलंकामा आर्थिक संकट चुलिएपछि प्रदर्शनकारीहरूले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्। उनीहरूले शनिबार बिहानदेखि राष्ट्रपति निवास घेरेका थिए।

प्रकाशित: Jul 10, 2022| 07:22 आइतबार, असार २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।