सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हिरोइन बनाइदिने प्रलोभनमा पारी बालिका ३० हजारमा विक्री

हिरोइन बनाइदिने प्रलोभनमा पारी बालिका ३० हजारमा विक्री

पर्सामा दुई जनाले १५ वर्षीया बालिकालाई भोजपुरी फिल्मको हिरोइन बनाइदिने प्रलोभनमा पारी भारत लगेर ३० हजारमा बेचेको पाइएको छ।
 |  आइतबार, असार २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार २६, २०७९

पर्सा- पर्सामा दुई जनाले १५ वर्षीया बालिकालाई भोजपुरी फिल्मको हिरोइन बनाइदिने प्रलोभनमा पारी भारत लगेर ३० हजारमा बेचेको पाइएको छ।

National life

रौतहट गौर नगरपालिका-२ घर भई हाल पर्सा वीरगन्ज महानगरपालिका-१६ नगवा बस्ने ४० वर्षीया चमेली देवी र भारत विहार सितामढी बासपट्टी पचरा बस्ने २२ वर्षीय रोशन तिवारीले बालिकालाई ललाइफकाई गरी विक्री गरेको पाइएको हो।

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुवै जनालाई बिहीबार प्रहरीले पक्राउ गरिसकेको छ।

उनीहरूमाथि अनुसन्धान गर्दा १५ वर्षीया बालिकालाई भोजपुरी फिल्मको हिरोइन बनाइदिने प्रलोभन देखाई भारतको बिहार राज्य पूर्वी चम्पारण झिटकैया गाउँमा लगी ३० हजारमा बेचेको पाइएको प्रहरीले जनाएको छ। बालिका खरिद कार्यमा संलग्न एक जना भारतीय नागरिक भने फरार रहेका छन्।

ती फरार व्यक्तिले पीडित बालिकालाई विभिन्न कार्यक्रमहरूमा अश्लील नृत्य गर्न बाध्य बनाई शारीरिक र मानसिक यातना दिएको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई वीरगन्ज महानगरपालिका-१६ बाट पक्राउ गरेको हो।

उनीहरूमाथि मानव बेचबिखन तथा ओसारपसार कसुरमा जिल्ला अदालत पर्साबाट पाँच दिन म्याद अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ। हाल फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 10, 2022| 06:46 आइतबार, असार २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।