बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • श्रीलंकामा प्रदर्शनकारीले प्रधानमन्त्रीको निजी निवासमा लगाए आगो

श्रीलंकामा प्रदर्शनकारीले प्रधानमन्त्रीको निजी निवासमा लगाए आगो

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेको निजी निवासमा प्रदर्शनकारीले आगो लगाइदिएका छन्।
 |  आइतबार, असार २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार २६, २०७९

कोलम्बो- श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेको निजी निवासमा प्रदर्शनकारीले आगो लगाइदिएका छन्। 

कोलम्बोको फिफ्थलेनस्थित उनको निजी निवासमा प्रदर्शनकारीले शनिबार आगजनी गरेको डेली मिरर अनलाइनले जनाएको छ।

शनिबार साँझ प्रदर्शनकारीहरू प्रधानमन्त्रीको निजी निवास छिरेका थिए। त्यहाँ रहेका सुरक्षाकर्मी र प्रदर्शनकारीबीच तनाव हुँदा पनि प्रदर्शनकारीले प्रधानमन्त्रीको निजी निवासमा आगजनी गरेका हुन्।

सो क्रममा तनाव सिर्जना भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन आश्रुग्यास प्रहार गरेको थियो। तर, पनि प्रहरी स्थिति नियन्त्रण लिन असफल भएको बताइएको छ। 

कोलम्बो नगर परिषद्ले पनि प्रधानमन्त्री निवासमा आगलागी भएको पुष्टि गरेको छ। सहरमा प्रदर्शनकारीद्वारा भएको अशान्तिका कारण दमकल पुग्न समस्या भएको परिषद्का अधिकारीले डेली मिरर अनलाइनसँग भनेका छन्।

kumari

श्रीलंकामा आर्थिक संकट चुलिएपछि प्रदर्शनकारीहरूले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्। उनीहरूले शनिबार बिहानदेखि राष्ट्रपति निवास घेरेका थिए। 

दिउँसो प्रदर्शनकारी निवासमै छिरेपछि राष्ट्रपति गोटाबाया राजपक्षे सुरक्षित स्थानमा भागेको एजेन्सीहरुले उल्लेख गरेका छन्।

प्रकाशित: Jul 10, 2022| 06:34 आइतबार, असार २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।