सोमबार, जेठ ४, २०८३

लगातारको वर्षाले पश्चिम तराईका केही ठाउँ डुबानमा

लगातारको वर्षाले देशका पश्चिम तराईका जिल्ला जलमग्न भएका छन्। बाँके, बर्दिया, दाङ, कैलाली लगायतका क्षेत्र डुबानमा परेका हुन्।
 |  आइतबार, असार २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार २६, २०७९

धनगढी- लगातारको वर्षाले  देशका पश्चिम तराईका जिल्ला जलमग्न भएका छन्। बाँके, बर्दिया, दाङ, कैलाली लगायतका क्षेत्र डुबानमा परेका हुन्। 

National life

ठूलो पानी नपरे पनि शुक्रबार रातिदेखिको लगातारको वर्षाले यी क्षेत्रका केही स्थान जलमग्न बनेका हुन्।धेरै खाल्डाखुल्डी, पानी निकास हुने ठाउँ नहुँदा र बालुवाका कारण मध्यम खालको पानी पर्दा पनि तराई तथा उपत्यका डुबानमा पर्ने गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै लगातार पानी परेर जमिन भिजिरहेको हुनाले भिरालो जमिनमा पहिरोको जोखिम बढेकोले सतर्कता अपनाउन पनि मौसमविद्को आग्रह छ।

बर्दीयाको बबै, कैलालीको मोहना, कन्द्रा लगायत साना ठूला नदीमा पानीको बहाव बढेको छ। पानीको बहाव बढेसँगै तटीक्ष क्षेत्रका स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रकाशित: Jul 10, 2022| 06:19 आइतबार, असार २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।