सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विरोधपछि बोले बालेन- मेरै तलबबाट यमबुद्धको सालिक बनाउँछु

विरोधपछि बोले बालेन- मेरै तलबबाट यमबुद्धको सालिक बनाउँछु

‘म मेरो तबलबाट यम बुद्धको सालिक बनाउँछु,’ बालेनको फेसबुकमा लेखिएको छ। तर काठमाडौं महानगरपालिकाको बजेटमा र्‍यापर यम बुद्धको सालिक बनाउन १५ लाख विनियोजन भइसकेको छ।
 |  शनिबार, असार २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार २५, २०७९

काठमाडौं- काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले आफ्नै पारिश्रमिकबाट र्‍यापर यमबुद्धको सालिक बनाउन लागेको बताएका छन्। शनिबार दिउँसो फेसबुक अकाउन्टमा स्टाटस लेख्दै यम बुद्धको सालिक बनाउन आफ्नै तलब खर्चिने बताएका हुन्। 

National life

‘म मेरो तबलबाट यम बुद्धको सालिक बनाउँछु,’ बालेनको फेसबुकमा लेखिएको छ। तर काठमाडौं महानगरपालिकाको बजेटमा र्‍यापर यम बुद्धको सालिक बनाउन १५ लाख विनियोजन भइसकेको छ। 

यमबुद्धको सालिक बनाउन १५ लाख खर्चने विषय महानगर बजेटमा समावेश भएपछि बालेनको विरोध भइरहेको छ। उक्त विरोध मत्थर गर्न बालेनले आफ्नै तलब खर्चने बताएका हुन्। 

यसैबीच बालेनले बालेनले यमबुद्धका मातापितासँग समेत भेट गरेका छन्। बालेन यमबुद्धका मातापितासँग खिचाएको फोटो पनि सार्वजनिक भएको छ। 

‘यमबुद्ध’ भनेर चिनिने र्‍यापर अनिल अधिकारीले २०७३ सालमा आत्महत्या गरेका थिए।

प्रकाशित: Jul 09, 2022| 16:07 शनिबार, असार २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।