बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • श्रीलंका : प्रदर्शनकारीले घेरेपछि राष्ट्रपति गोटाबायाले छाडे निवास

श्रीलंका : प्रदर्शनकारीले घेरेपछि राष्ट्रपति गोटाबायाले छाडे निवास

श्रीलंकाको आर्थिक स्थितिलाई सम्हाल्न नसकेको भन्दै नागरिकको भीडले राष्ट्रपति गोटावायाको सरकारी आवासलाई घेरा हालेपछि उनी आवास छाडेर भागेका हुन्।
 |  शनिबार, असार २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार २५, २०७९

कोलम्बो- आर्थिक संकटका कारण टाट पल्टिएको श्रीलंकामा नागरिकको असन्तुष्टि चुलिएपछि भएको विरोध प्रदर्शनपछि राष्ट्रपति गोटवाया राजापाक्षे शनिबार कोलम्बोमा रहेको सरकारी निवासबाट भागेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन्।

आर्थिक संकटसँग जुधिरहेको श्रीलंकाको अवस्था दिनप्रतिदिन खराब हुँदै गएको छ। श्रीलंकाको आर्थिक स्थितिलाई सम्हाल्न नसकेको भन्दै नागरिकको भीडले राष्ट्रपति गोटावायाको सरकारी आवासलाई घेरा हालेपछि उनी आवास छाडेर भागेका हुन्। 

कोलोम्बोस्थित राष्ट्रपतिको सरकारी आवासलाई नागरिकले दिउँसोदेखि घेरा हाल्न थालेका थिए। नागरिकको भीड राष्ट्रपतिको राजीनामा माग्दै तोडफोडमा उत्रिएपछि राष्ट्रपतिले सरकारी आवास छाडेर भाग्नुपरेको हो। प्रदर्शनकारीले सांसद रजिता सेनारत्नेको घरमा पनि आक्रमण गरेका छन्। 

राष्ट्रपतिलाई सुरक्षाका लागि अन्यत्र सारिएको रक्षा स्रोतले एएफपीलाई बताएको बताएको छ। सेनाले आक्रोशित भीडलाई राष्ट्रपतिको दरबारमा प्रवेश गर्नबाट रोक्न हवाई फायर गरेको सोही स्रोतले बताएको एएफपीले लेखेको छ। 

श्रीलंकाको निजी टेलिभिजन सिरासा टिभीले कडा सुरक्षा घेराभित्र हुने राष्ट्रपति निवासमा भीड प्रवेश गरेको भिडियो फुटेज प्रसारण गरेको छ। अत्यावश्यक वस्तु आयात गर्न विदेशी मुद्रा सकिएपछि श्रीलंकाले महिनौंसम्म खाद्यान्न र इन्धन अभाव भोगिरहेको छ। महँगी अकासिएसँगै त्यहाँको दैनिक जीवन कष्टकर हुँदै गएको छ।

kumari

सरकारकै कारण आर्थिक संकट निम्तिएको भन्दै विरोध प्रदर्शनमा सहभागी हुन शनिबार देशभरबाट ठूलो संख्याका नागरिक राजधानी कोलम्बो उत्रिएका छन्।  विपक्षी दल, अधिकारकर्मी र बार एसोसिएसनले प्रहरी प्रमुखलाई मुद्दा हाल्ने धम्की दिएपछि प्रहरीले शुक्रबार जारी गरेको कर्फ्यु आदेश फिर्ता लिएको थियो।

प्रकाशित: Jul 09, 2022| 15:14 शनिबार, असार २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।