सोमबार, साउन १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • झापामा एक वर्ष भित्र हात्तीको आक्रमणबाट पाँच जनाको मृत्यु

झापामा एक वर्ष भित्र हात्तीको आक्रमणबाट पाँच जनाको मृत्यु

हात्तीको आक्रमणमा परेर ज्यान गुमाउनेमा अधिकांश ज्येष्ठ नागरिक रहेको डिभिजन वन कार्यालयको तथ्यांकले देखाएको छ।
 |  शनिबार, असार २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार २५, २०७९

झापा- चालु आर्थिक वर्षभित्र झापामा हात्तीको आक्रमणबाट पाँच जनाले ज्यान गुमाएका छन्। हात्तीको आक्रमणमा परेर ज्यान गुमाउनेमा अधिकांश ज्येष्ठ नागरिक रहेको डिभिजन वन कार्यालयको तथ्यांकले देखाएको छ।

उनीहरूलाई चिया बगानमा पत्ती टिप्दा, खेतमा पानी लगाउँदै र घाँस काट्दै गर्दा हात्तीले कुल्चेर मारेको डिभिजन वन कार्यालय झापाले जनाएको छ। 

हात्तीबाट मारिनेमा मेचीनगर नगरपालिका–९ की ७० वर्षीय पेना किसान, दमक नगरपालिका दमक–३ का ६३ वर्षीय गणेशप्रसाद अधिकारी, मेचीनगर नगरपालिका–१३ स्थित चारआली घर भएका ७१ वर्षीय खम्बासिंह कार्की, भद्रपुर नगरपालिका–९ बस्ने ६० वर्षीय रामबहादुर बुर्जा, कनकाई नगरपालिका ७७ वर्षीय कृष्णबहादुर भुजेल रहेको कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीले बताए। 

हात्तीले बिहान र बेलुकाको समयमा आक्रमण गरेर मान्छेलाई मारेको तथ्यांकमा उल्लेख छ। भारतबाट दैनिक हुल बाँधेर आएकामध्ये १३ वटा हात्ती झापाकै जंगलमा रैथाने भएर बसेका छन्। 

यो आर्थिक वर्षमा दुईवटा हात्तीसमेत मारिएका छन्। बुद्धशान्ति गाउँपालिका–५ आयाबारीमा करिब आठ वर्ष र अर्जुनधारा नगरपालिका–४ दहीझोडा सामुदायिक वनभित्र रहेको खोला किनारमा २५ वर्षको हात्ती यसै हप्ताभित्र मृत भेटिएको सहायक वन अधिकृत खत्रीले जानकारी दिए।

अर्जुनधारामा मृत भेटिएको हात्तीको वरिपरि विद्युतीय तारबार भेटिएको हुँदा सो हात्तीलाई स्थानीयवासीले नै करेन्ट लगाएर मारेको हुनसक्ने आशंका गरिएको उनको बताए। झापामा चार दशकदेखि मानव र हात्तीबीचको द्वन्द्व निरन्तर छ। हात्तीको आक्रमणबाट हुने गरेको मानवीय क्षति रोकिएको छैन भने हात्ती मारिने क्रमसमेत नरोकिएको हात्ती संरक्षणकर्ता शंकर लुइँटेलको भनाइ छ।    -रासस 


प्रकाशित: Jul 09, 2022| 15:50 शनिबार, असार २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।