बिहीबार, फागुन २१, २०८२

भारतमा कोरोना भाइरसबाट थप झण्डै १९ हजार संक्रमित

सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार थप १८ हजार ८४० जना कोरोना भाइरसबाट संक्रमित भएका हुन्।
 |  शनिबार, असार २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार २५, २०७९

नयाँ दिल्ली- भारतमा कोरोना भाइरसबाट थप झण्डै १९ हजार जना संक्रमित भएका छन्। सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार थप १८ हजार ८४० जना कोरोना भाइरसबाट संक्रमित भएका हुन्। 

योसँगै भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या चार करोड ३६ लाख चार हजार ३९४ पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

पछिल्लो एक दिनमा देशभर कुल चार लाख ५४ हजार ७७८ जनाको कोरोना परीक्षण गरिएको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन्।  भारतमा पछिल्लो समयमा सक्रिय संक्रमितहरुको संख्यामा पनि वृद्धि भएको देखिएको मन्त्रालयले जनाएको छ। पछिल्लो ४ महिनामा अहिले सबैभन्दा धेरै देखिएका हुन्।  

सोही अवधिमा कोरोना भाइरसका कारण भारतमा थप ४३ जनाको मृत्यु भएको छ। योसँगै कुल मृतकको संख्या पाँच लाख २५ हजार ३४६ पुगेको छ।   -एएनआई


kumari

प्रकाशित: Jul 09, 2022| 15:10 शनिबार, असार २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।