काठमाडौं- महालेखा नियन्त्रक कार्यालयले चालू आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश र स्थानीय तहको भुक्तानी आइतबारदेखि बन्द हुने जनाएको छ। महालेखाले प्रदेश र स्थानीय पालिकामा शनिबारसम्म भुक्तानी हुने बताएको हो।
वार्षिक खाताबन्दीका क्रममा प्रदेशभर स्थानीय तहमा सञ्चालित प्रणाली आइतबारदेखि बन्द हुने महालेखाले उल्लेख गरेको छ।
महालेखाले कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश र स्थानीय तहका कार्यालयलाई पत्र लेख्दै शनिबारसमेत भुक्तानी गर्न भनेको छ। आर्थिक वर्ष अन्तिम समय पहिले काम भएर रोकिएका बिल भुक्तानीको चाप सरकारी कार्यालयमा बढी हुने गरेको छ।