सोमबार, जेठ ४, २०८३

ओझेलमा ओखरबोट जंगलका तीन ताल

जंगलको बीच र ओखरबोट गाउँको सिरानमा पश्चिम–दक्षिणतर्फ फैलिएका पुठा, दह र सरबारी तालमा पानीको मुहान कतै देखिँदैन। तर, तीनवटै ताल खडेरी र वर्षामा सधैँ एकनास देखिन्छन्।
 |  शनिबार, असार २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार २५, २०७९

म्याग्दी- पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोट र बागलुङको तमानखोला गाउँपालिकाको सिमानामा रहेका तीन ताल प्रचारप्रसार र सरोकारवालाको बेवास्ताले ओझेलमा परेका छन्।

National life

जंगलको बीच र ओखरबोट गाउँको सिरानमा पश्चिम–दक्षिणतर्फ फैलिएका पुठा, दह र सरबारी तालमा पानीको मुहान कतै देखिँदैन। तर, तीनवटै ताल खडेरी र वर्षामा सधैँ एकनास देखिन्छन्। तालमा जलहाँस पौडने र त्यसैबाट तालको सफाइ हुने स्थानीय बताउँछन्।

ओखरबोटका स्थानीय चाम पुनका अनुसार ती जलहाँस दिनमा देखिँदैनन् तर, साँझपख कताबाट आउँछन् र पुठा तालमा भाले र पोथी जलक्रिडा गरी त्यहाँबाट दह तालमा पुगेर तालका पातपतिङ्गर सफा गर्छन्। तालमा झरेका पातपतिंगर चुच्चाले टिपेर सफा गरिसकेपछि म्याग्दीको प्राकृतिक धार्मिकस्थल मालिका जाने बाटोको पश्चिमतिर रहेको सरबारी तालमा पुगेर हराउने गर्दछन्।

ओखरबोटका स्थानीय युवा नवीन पुनले तालको बारेमा आफूले सुनेको तर प्रत्यक्षरुपमा त्यहाँ नपुगेको बताए। स्थानीय दलबहादुर घर्तीले ओखरबोट गाउँको मध्यभागबाट पुठा ताल पुग्न करिब एक घण्टा लाग्ने बताए। त्यहाँबाट ४५ मिनेटमा दह र दहतालबाट एक घण्टा घनाजंगल छिचोलेर हिँडेपछि सरबारी ताल पुगिन्छ। 

जंगलको बीच भागमा रहेका तीनवटै तालमा पुगेर म्याग्दीको ओखरबोट र बागलुङको तमानखोला निस्कन चार घण्टाभन्दा बढी समय लाग्ने स्थानीयको भनाइ छ। स्थानीय चेमबहादुर पुनले तालको प्रचारप्रसार गरी आवश्यक पूर्वाधार तयार गर्ने हो भने बागलुङ र म्याग्दीका आन्तरिक पर्यटक यहाँ आउने धारणा व्यक्त  गरे।   -रासस

प्रकाशित: Jul 09, 2022| 12:44 शनिबार, असार २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।