मंगलबार, असोज २७, २०८३

युवा [कविता]

बुद्ध दिन्छु भन्थ्यौ आमा, युद्ध पठाइछ्यौ,
 |  शनिबार, असार २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार २५, २०७९

बुद्ध दिन्छु भन्थ्यौ आमा, युद्ध पठाइछ्यौ,
प्रशवपछि प्रल्हाद भन्थ्यौ, प्रलय जन्माइछ्यौ
तिम्रो देशमा तिम्रो भेषमा एउटा छोरो देउ
छोरो दिएँ भन्थ्यौ आमा मोरो पठाइछ्यौ।

भैगो आमा तिम्रो धरण केही चाहिँदैन
तिम्रो देशको हिमाल पहाड केही चाहिँदैन
तिम्रो देशमा तिम्रै भेषमा एउटा नेता देउ
नेता दिएँ भन्थ्यौ आमा क्यान्सर पठाइछ्यौ।

छिन्नभिन्न भयो आमा देशै टुक्रा भयो,
भाइभाइ फुटे आमा ब्यूरो लुटाहा भयो,
तिम्रो देशमा तिम्रै भेषमा एउटा कृष्ण देउ
कृष्ण दिएँ भन्थ्यौ आमा कंस पठाइछ्यौ।

प्रकाशित: Jul 09, 2022| 11:23 शनिबार, असार २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।