सोमबार, जेठ ४, २०८३

बैतडीमा कारागारमै राष्ट्रिय परिचयपत्र विवरण संकलन

कारागारभित्रै ८७ कैदीबन्दी रहेका भए पनि सबैसँग आवश्यक कागजात नरहेको तथा कसैले पहिला नै बनाएकाले १७ जनाको मात्रै विवरण संकलन गरिएको जनाइएको छ।
 |  शनिबार, असार २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार २५, २०७९

बैतडी- जिल्ला कारागार बैतडीका कैन्दीबन्दीको कारागारमै राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिएको छ।

National life

शुक्रबार गरिएको विवरण संकलन कार्यमा कारागारमा रहेका १७ कैदीबन्दी र १ सुरक्षाकर्मीको परिचयपत्रका लागि विवरण संकलन गरिएको कम्प्युटर प्राविधिक बालकृष्णप्रसाद भट्टले जानकारी दिए। कारागारभित्रै ८७ कैदीबन्दी रहेका भए पनि सबैसँग आवश्यक कागजात नरहेको तथा कसैले पहिला नै बनाएकाले १७ जनाको मात्रै विवरण संकलन गरिएको जनाइएको छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गरेको परिपत्रअनुसार नै कारागारभित्रै कैदीबन्दीको विवरण संकलन गरिएको छ। 

कैदीबन्दीलाई बाहिर ल्याउँदा सुरक्षा चुनौती हुने भएकाले कारागारभित्रै टोली बनाएर विवरण संकलनको काम गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

बैतडीमा विक्रम संवत् २०७७ असोज पहिलो हप्तादेखि राष्ट्रिय परिचय पत्र विवरण संकलनको काम शुरू भएकोमा हालसम्म ८३ हजार ३८३ जनाको विवरण संकलन भइसकेको छ। शुरूमा जिल्ला प्रशासन कार्यालयमा विवरण संकलनको काम भएको थियो भने हाल अभियानकै रूपमा वडास्तरमै काम भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।

प्रकाशित: Jul 09, 2022| 11:18 शनिबार, असार २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।