काठमाडौं- कैलालीस्थित मोहना नदीमा जलसतह सतर्कता तह आसपास पुगेको छ। त्यहाँ रहेका खुटीया खोला मुडीभर, मोहना खोला मालाखेती, कान्द्रा खोला कैलाली जलमापन केन्द्रमा सतर्कता तह आसपास पुगेको हो।
अहिले जलसतह सतर्कता तह आसपास पुगेको र थप वर्षा हुने भएकाले जलसतह थप बढ्नसक्ने जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाको जनाएको छ।
मोहना नदी तटीय क्षेत्र, कैलाली तथा कञ्चनपुरको डुबान भइरहने होँचा भूभागमा रहनेहरूलाई दिउँसोसम्म उच्च सतर्कताका अपनाउन आग्रह गरेको छ।