शनिबार, चैत १४, २०८२

यु-१५ साफ च्याम्पियनसिपमा नेपाल चौंथो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- नेपाल यु-१५ महिला साफ च्याम्पियनसिपमा चौंथो भएको छ। शनिबार तेस्रो स्थानको लागि भएको खेलमा आयोजक भुटानसँग पेनाल्टी सुटआउटमा ४-३ गोलले पराजित हुँदै नेपालले चौथो स्थानमा चित्त बुझाएको हो।

चाम्लिङथाङ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलको निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो। प्रतिस्पर्धात्मक खेलमा नेपाललाई तेस्रो स्थान दिलाउन वैकल्पिक खेलाडी चन्द्रा भण्डारीले दुई गोल गरिन्।

नेपाल खेलको दोस्रो मिनेटमा नै पछि परेको थियो। डेकी याङडनले गोल गर्दै भुटानलाई शुरुवाती अग्रता दिलाए। पहिलो हाफसम्म १-० पछि परेको नेपालले दोस्रो हाफको शुरुमै बराबरी गोल फर्काउन सफल भयो। दोस्रो हाफको शुरुमै मैदान छिरेकी चन्द्राले बराबरी गोल फर्काइन्।

चन्द्राले नै ५५ औं मिनेटमा गोल गरेपछि नेपालले खेलमा २-१ को अग्रता लिन सफल भएको थियो। तर, ६६ औं मिनेटमा यासी विधाले गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा पुर्‍याएकी थिइन्।  त्यसपछि थप गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।