यतिबेला दक्षिण भारतीय फिल्मले बक्स अफिसमा राम्रो रकम संकलन गरिरहेका छन्। दक्षिण भारतीय स्टारको लोकप्रियता थपिँदा फ्यान/फलोइङ पनि स्टारबारे जान्न चाहनेको संख्या पनि उसै गरी बढिरहेको छ।
कुनै पनि कलाकारले टीभीमा काम गरेपछि चलचित्रमा आउनु नयाँ होइन। यद्यपि, हरेक टीभी स्टारले ठूलो पर्दामा आफ्नो चमत्कार देखाउन भने सक्दैनन्। दक्षिण भारतमा भने टीभीबाट करिअर सुरु गरेका धेरै स्टार छन् जसले साउथ इन्डियन फिल्म इन्डस्ट्रीमा नाम-दाम कमाएका छन्।
यशराज
रकी भाइ यशले 'केजीएफ' फिल्मबाट चर्चा कमाएका छन्। फिल्मले बक्स अफिसमा पनि राम्रो व्यापार गरेको थियो। यशले आफ्नो फिल्मी करिअर टिभी शो 'नन्द गोलकुला' बाट सुरु गरेका थिए। यसबाहेक उनी 'मलेबिल्लु मुक्त' र 'प्रीति इलादा' मेला जस्ता सिरियलमा पनि काम गरेका थिए।
विजय सेतुपति
विजय सेतुपतिले आफ्नो करिअर 'पेन' नामक टीभी सिरियलबाट सुरु गरेका थिए। यसबाहेक उनी 'नालय अय्याकुनार' मा पनि देखिएका थिए।
उनले कार्तिक सुब्बाराजसँग थुप्रै छोटो फिल्ममा काम गरे। त्यसपछि उनी ठूलो पर्दामा डेब्यु गरेका हुन्।
साई पल्लवी
उत्कृष्ट अभिनय र आकर्षक नृत्यका लागि साई पल्लवी प्रसिद्ध छिन्। साई पल्लवीले २००८ मा एक डान्स रियालिटी शो 'उगैल यार अदुता प्रभु देवा' बाट कला करियर सुरु गरेकी थिइन्।
यसपछि २०१४ मा उनी जर्जियामा पढ्दै गर्दा फिल्म निर्देशक अल्फोन्स पुथरेनले उनको फिल्म प्रेमममा मलारको भूमिका दिएका थिए त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन।
प्रकाश राज
प्रकाश राज साउथमा मात्रै नभई बलिउड फिल्ममा पनि लोकप्रिय नाम हो। दूरदर्शन सिरियल 'बिसिलु कुदुरे' र 'गुड्डा भूत' बाट आफ्नो टेलिभिजन करियर सुरु गरेका उनले कन्नड फिल्म रामाचारीमा सहायक भूमिका पाएका थिए।
नयनतारा
साउथकी सुपरस्टार नयनताराले मलायम शोबाट टिभी होस्टका रूपमा आफ्नो करियर सुरु गरेकी थिइन्। रिपोर्टहरूका अनुसार, यो शोका क्रममा सत्यन एन्टिकडद्वारा निर्देशित आफ्नो पहिलो फिल्म मानसिनक्करेको लागि उनलाई समावेश गरिएको थियो।
-अमरउजालाबाट