मंगलबार, चैत ३, २०८२

‘बायोडी ड्रप्स’ औषधि विक्री वितरणमा रोक

विभागका महानिर्देशक भरत भट्टराईले बिहीबार सूचना जारी गर्दै ‘बायोडी ड्रप्स’ औषधिको प्रयोगले बच्चामा विभिन्‍न नकारात्मक असर देखिकाले बिक्री वितरण गर्न रोक लगाइएको जनाएका छन्। उक्त औषधि बच्चालाई भिटामिन सी को रूपमा खुवाउने गरिन्थ्यो। उक्त औषधि भारतको जी प्रयोगशालाबाट उत्पादन गरिएको हो।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

काठमाडौं- औषधि व्यवस्था विभागले बच्चामा प्रयोग गरिने ‘बायोडी ड्रप्स’ नामक औषधिको बिक्री वितरणमा रोक लगाएको छ।  

National life

विभागका महानिर्देशक भरत भट्टराईले बिहीबार सूचना जारी गर्दै ‘बायोडी ड्रप्स’ औषधिको प्रयोगले बच्चामा विभिन्‍न नकारात्मक असर देखिकाले बिक्री वितरण गर्न रोक लगाइएको जनाएका छन्। उक्त औषधि बच्चालाई भिटामिन सी को रूपमा खुवाउने गरिन्थ्यो। उक्त औषधि भारतको जी प्रयोगशालाबाट उत्पादन गरिएको हो। 

सूचनामा औषधि ऐन, २०३५ बमोजिम विभागबाट अनुमति नभएका वस्तु औषधिका रूपमा मान्न नसकिने तथा सोको गुणस्तर तथा सुरक्षित र प्रभावकारिता बारेमा समेत यकिन नहुने हुँदा त्यस्ता वस्तुको पैठारी तथा विक्री वितरण नगर्न नगराउन र औषधिका रूपमा प्रयोग नगर्न विभागले आग्रह गरेको छ। 

हाल बजारमा उपलब्ध कतिपय भिटामिन तथा लवणका सार तत्व भएका भनिएका वस्तु र औषधि स्वास्थ्यका दृष्टिले अनावश्यक र उपयोगिता नहुने भएकोले त्यस्ता वस्तु र औषधिलाई प्रतिबन्ध लगाइएको सूचनामा भनिएको छ। 

महानिर्देशक भट्टराईले ट्याब्लेट, क्याप्सुल तथा झोललगायत औषधि र खाद्य समपुरकका रूपमा रहेका वस्तुको अत्यधिक पैठारी गरी सञ्चय, विक्री वितरण र प्रयोग भइरहेको सम्बन्धमा विभागको ध्यानाकर्षण भएको जनाएका छन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 07, 2022| 22:50 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्