शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

'कुल क्याप्टेन' धोनी, जसले भारतका लागि जित्न केही बाँकी रहेन

अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिइसकेका धोनी अहिले आईपीएलमा मात्रै देखिने गर्छन्। उनकोे संन्यासपछि टिममा देखिएको अभाव अहिलेसम्म कुनै खेलाडीले पूर्ति गर्न सकेका छैनन्।
 |  बिहीबार, असार २३, २०७९
nespernesper

शिशिर बस्नेत

शिशिर बस्नेत

बिहीबार, असार २३, २०७९

काठमाडौं– क्रिकेटमा विश्वव्यापी सर्वकालीन सफल तथा लोकप्रिय खेलाडीमा पर्छन् महेन्द्रसिंह धोनी। टिम इन्डिया होस् या आईपीएल चेन्नई, दुवैमा उनी सफल रहे। अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिइसकेका धोनी अहिले इन्डियन प्रिमियर लिग (आईपीएल)मा मात्रै देखिने गर्छन्। तर उनको क्रेजमा कुनै कमी आएको छैन। धोनीलाई भारतीय टिमका खेलाडी तथा समर्थकले अझै पनि सम्झिने गर्छन्। उनको संन्यासपछि टिममा अभाव धेरै देखिएको छ, जुन अहिलेसम्म कुनै खेलाडीले पूर्ति गर्न सकेका छैनन्।

himalayan bank box

उनीपछि टिमले विराट कोहली, रोहित शर्मा तथा शिखर धवनजस्ता खेलाडीलाई कप्तान बनाइसकेको छ तर कोही पनि सफल हुन सकेका छैनन्। उनको शान्त स्वभाव, जस्तोसुकै अवस्थामा पनि सही निर्णय लिन सक्ने क्षमता तथा विकेटकिपर भएर देखाउने चतुर्याइँ अझै पनि विश्व क्रिकेटले सम्झिरहेको छ।

विकेट किपिङसँगै उनको सबल पक्ष हो, फिनिसिङ। परिस्थितिअनुसार ब्याटिङ गर्न सक्ने धोनी जस्तोसुकै अवस्थामा पनि टिमलाई हारबाट बचाउन सक्ने क्षमता भएका खेलाडी हुन्। सीमित ओभरमा त उनी विश्वकै सर्वश्रेष्ठ खेलाडी मानिन्छन्। उत्कृष्ट फिनिसिङका रूपमा आफ्नो परिचय बनाएका धोनी टिमलाई आवश्यक परेको खण्डमा चौका र छक्काको वर्षा गराउँछन्। तर टेस्ट क्रिकेटमा भने उनको ब्याटिङ औसत मध्यम नै छ। उनले भारतीय टिममा कप्तानको जिम्मेवारी वहन गरिरहँदा ‘कुल क्याप्टेन’ को उपमा पाएका थिए। उनी खेल होस् वा खेलबाहिर। छिट्टै आवेशमा आउँदैनन्। प्रतिकूल अवस्थामा पनि उनी उत्तेजित हुँदैनन्। यस्तै स्वभावले गर्दा उनी विश्वभरि लोकप्रिय छन्। 

अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिइसकेका धोनी अहिले आईपीएलमा मात्रै देखिने गर्छन्। उनकोे संन्यासपछि टिममा देखिएको अभाव अहिलेसम्म कुनै खेलाडीले पूर्ति गर्न सकेका छैनन्।

धोनीले क्रिकेटमा हासिल गरेका उपलब्धि अन्य क्रिकेटरका लागि एउटा सपना समान हो। धोनी महान् क्रिकेटर सचिन तेन्दुलकरसँग पनि करिब सात वर्ष सँगै भारतीय क्रिकेट टिममा खेलेका थिए। सचिन महान् क्रिकेटर हुन् तर सफल कप्तान भने हुन सकेनन्। केही समय सचिनले पनि टिमको कप्तानी सम्हालेका थिए तर उनी त्यसमा सफल हुन सकेनन्।

त्यसपछि टिममा ६–७ वर्षमै धेरै कप्तान परिवर्तन भए। सन् २००७ मा धोनी टिमको नयाँ कप्तान बनेपछि लामो समयका लागि कप्तान परिवर्तन गर्न आवश्यक परेन। धोनी भारतको एउटा रेलवे स्टेसनमा टिकट कलेक्टरको काम गर्थे। मध्यम वर्गमा जन्मिएका धोनीले उक्त काम आफ्नो खर्च चलाउनकै लागि गर्थे। त्यसका साथै धोनी विद्यालय पनि जान्थे, जहाँबाट उनले क्रिकेट खेल्न सुरु गरे। विस्तारै क्रिकेटमा रम्दै गएका उनी धेरै राम्रो खेल्न थालिसकेका थिए। त्यसपछि उनी स्टेटमा समेत चिनिन थाले। उनले सन् २००४ मा भारतीय राष्ट्रिय टिममा डेब्यु गरे। आफ्नो पहिलो खेलमा धोनीले रनको खाता भने खोल्न सकेनन्। उनले सुरुआती केही खेलमा राम्रो प्रदर्शन गर्न नसक्दा टिममै नपर्ने सम्भावना उच्च थियो। त्यस समय धोनीले राम्रो खेल्न नसक्ने र टिममा राख्न नहुने भन्ने तर्क आउन थाले। तर त्यसपछिका खेलमा धोनीले आफ्नो लय सुधार्दै आलोचकलाई गलत साबित गराइदिए। धोनीले त्यसपछि निरन्तर खेलमा सुधार गर्दै राम्रो प्रदर्शन गर्न थाले। 

Metro Mart
vianet

सन् २०१६ मा धोनीको जीवनीलाई लिएर बलिउडमा ‘एमएस धोनी’ नामक फिल्म बन्यो। उक्त फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्दै सफल हुन पुग्यो। यो फिल्ममा धोनीको अभिनय सुशान्तसिंह राजपुतले गरेका थिए। खेल जगतमा उनले दिएको योगदानलाई लिएर भारतीय सरकारले धोनीलाई पद्मभूषण, राजीव गान्धी खेल रत्न पुरस्कारले समेत सम्मानित गरेको छ।

भारतीय टिममा धोनीको प्रभाव

विश्वकप सन् २००७ मा खराब प्रदर्शन गरेपछि भारत समूह चरणबाटै बाहिरिएको थियो। सोही कारण भारतीय क्रिकेट समर्थकले धोनी तथा भारतीय टिमका अन्य खेलाडीको पुत्ला जलाए। साथै, केही समर्थकले धोनीको घरमै ढुंगामुढा गरेका थिए। चौतर्फी विरोध भएपछि भारतीय क्रिकेटमा ठूलो विपद् आयो। तर त्यसको केही महिनापछि हुन लागेको पहिलो टी–ट्वान्टी क्रिकेटमा सहभागी हुने निर्णय गरेपछि भारतीय क्रिकेट बोर्डले नयाँ युवा टिम बनायो। यसको कप्तान थिए, धोनी। टिममा डेब्यु गरेको तीन वर्ष नबित्दै उनी नयाँ कप्तानमा नियुक्त भए। सन् २००७ देखि सुरु भएको पहिलो आईसीसी टी–ट्वान्टी विश्वकपको फाइनलमा आफ्नो निकटतम प्रतिद्वन्द्वी पाकिस्तानलाई पाँच रनको झिनो अन्तरमा पराजित गर्दै भारतले उपाधि जित्यो। सोही कारण धोनी तथा टिमविरुद्ध आतंक मच्याउने समर्थक पनि शान्त बने। कप्तानी सम्हालेको एक वर्ष पनि नबित्दै उपाधि दिलाएका धोनीको सफलताको यात्रा सुरु भयो। उनले भारतलाई सन् २००९ मा टेस्ट क्रिकेटमा विश्वकै नम्बर एक टिमसमेत बनाए। 

विश्वकप सन् २००७ मा खराब प्रदर्शन गरेपछि भारत समूह चरणबाटै बाहिरिएको थियो। सोही कारण भारतीय क्रिकेट समर्थकले धोनी तथा भारतीय टिमका अन्य खेलाडीको पुत्ला जलाए। साथै, केही समर्थकले धोनीको घरमै ढुंगामुढा गरेका थिए।

सन् २०११ को आईसीसी विश्वकप फाइनलमा श्रीलंकाविरुद्धको खेल जित्दै भारतले उपाधि जित्यो। भारतलाई उपाधि दिलाउने क्रममा धोनीले प्रहार गरेको विजयी छक्कालाई क्रिकेट समर्थकले कहिल्यै बिर्सने छैनन्। धोनी उक्त फाइनल खेलको म्यान अफ द म्याचसमेत भएका थिए। त्यसपछि धोनी एक लिजेन्ड कप्तानका रूपमा चिनिए। सन् २०१३ मा धोनीको कप्तानीमै भारतले आईसीसी च्याम्पियनसिप ट्रफी जित्यो। त्यसपछि धोनीले भारतका लागि जित्न केही पनि बाँकी रहेन।

धोनी तीन वटा आईसीसी प्रतियोगिताको उपाधि जित्ने एक मात्र कप्तान बने। उत्कृष्ट कप्तानी शैलीलाई लिएर धेरै विपक्षी टिमका खेलाडीले पनि धोनीलाई सम्मान गरेका छन्। मिडियासँग कुरा गर्दै तत्कालीन पाकिस्तानी कप्तान शाहिद अफ्रिदीले भनेका थिए, ‘धोनी जसरी आफ्नो टिमलाई लिएर अगाडि बढ्छन््, म सधंै उनको कप्तानीलाई सम्मानका साथै तारिफ पनि गर्छु। जसरी अहिले भारतीय टिमको कम्बिनेसन राम्रो भएको छ, यसको अधिकांश श्रेय धोनीलाई नै जान्छ।’ 

चेन्नई सुपर किंग्स

सन् २००८ देखि सुरु भएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा धोनीलाई चेन्नई सुपर किंग्सको कप्तान बनाइयो। चेन्नईका लागि उनले सन् २०१० र ११ मा लगातार दुई उपाधि जित्दै आफूलाई सफल कप्तानका रूपमा सावित गर्दै गए। धोनीको कप्तानीमा चेन्नईले चार पटक आईपीएलको उपाधि जितिसकेको छ। चेन्नईमा पनि आफ्नो प्रभाव छाडेका धोनी तामिलनाडुमा विशेष लोकप्रिय भए। सोही कारण त्यहाँका समर्थकले उनलाई ‘थाला’ उपमा पनि दिए, जसको अर्थ हुन्छ, बडा भाइ। तर यस पटकको आईपीएलमा धोनीको टिमले राम्रो प्रदर्शन गर्न सकेन। त्यसकारण अब हुने आईपीएल सन् २०२३ मा आफ्नो टिमलाई च्याम्पियन बनाउँदै क्रिकेटलाई बिदाइ गर्न चाहन्छन्, धोनी।

सफल तथा कुल कप्तान धोनी आज बिहीबारबाट ४१ वर्ष पुगेका छन्।  अहिले सञ्चारमाध्यममा धोनीलाई करोडौं समर्थकले जन्मदिनको शुभकामना दिइरहेका छन्। 

- भारतीय सञ्चारमाध्यमहरुको सहयोगमा

प्रकाशित: Jul 07, 2022| 16:36 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।