ब्राजिल- ब्राजिल तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार खेलाडी नेयमारलाई रियल मड्रिडमा अनुबन्ध गर्न रियल किर्तिमानी मुल्य तिर्न तयार रहेको खुलेको छ।
स्टार खेलाडी नेयमारका लागि रियलले किर्तीमानी मुल्य २७० मिलियन पाउण्ड तिर्न तयार रहेको रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले बताएका छन्। यदि रियलले उनलाई २७० मिलियन पाउण्डमा क्लबमा अनुबन्ध गर्न सके उनीनै विश्वको सर्वाधिक महगां खेलाडी बन्ने छन्।
गत बर्ष बार्सिलोनाबाट पिएसजी जाँदा पिएसजीले किर्तिमानी मुल्य १९८ मिलियन पाउण्ड तिरेको थियो । उनीनै अहिले सम्मका विश्वका सर्वाधिक महगां खेलाडीको सूचीको पहिलो नम्बरमा छन्।
अहिलेसम्म रियलले क्रिस्टियानो रोनाल्डोको स्थानमा अर्को खेलाडी अनुबन्ध गर्न सकेको छैन्। यही सिजन रोनाल्डो ११२ मिलियन युरोमा इटालीयन क्लब युभेन्ट्स पुगेका थिए। रोनाल्डो युभेन्ट्स पुगेपछि रियलले उनको स्थानमा खेलाडी भित्र्याउने प्रयास गरिरहेको थियो।
हाल सम्म उनको स्थानमा खेलाडी अनुबन्ध गर्न नसक्दा उनको स्थान ग्यारेथ बेलले लिने विस्वास गरिएको थियो। तर, युइएफए सुपर कापमा रियल एट्लेटिको मड्रिडसँग ४–२ ले पारजित भए पछि पुनः रोनाल्डोको स्थानमा एक स्टार खेलाडीको आवस्यकता महसुस गरिएको थियो।
यदी पिएसजीले रियलको प्रस्ताव स्वीकार गरे रियल नेयमारलाई अनुबन्ध गर्न तयार रहेको खुलेको हो। पिएसजी कतार राज्यको स्वामीत्वमा छ। जहाँ नेयमारलाई अनुबन्ध गर्न कतार स्पोर्टस् इनभेस्टमेन्टको प्रायोजनमा क्लबले बढी पैसा तिरेको खुलेपछि अहिले युइएफएले अनुसन्धान गरिरहेको छ। गत बर्षनै पिएसजीले फ्रान्सेली स्टार केलियन बाप्पेलाई १६७ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४