सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मकवानपुरको भीमफेदीमा बसाइँ सर्नेको संख्या तेब्बर बढी

मकवानपुरको भीमफेदीमा बसाइँ सर्नेको संख्या तेब्बर बढी

र्थिक वर्ष २०७८/७९ को तथ्यांकअनुसार गाउँपालिकामा बसाइँ सरी आउने परिवार संख्या २९ रहेको छ भने गाउँपालिकाबाट बाहिरिनेको संख्या ९२ रहेको छ।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

मकवानपुर- मकवानपुरको भीमफेदी गाउँपालिकामा बसाइँ सरी आउनेभन्दा पालिकाबाट बसाइँ सरेर जानेको संख्या तीन गुणा बढी छ। 

National life

आर्थिक वर्ष २०७८/७९ को तथ्यांकअनुसार गाउँपालिकामा बसाइँ सरी आउने परिवार संख्या २९ रहेको छ भने गाउँपालिकाबाट बाहिरिनेको संख्या ९२ रहेको छ। यसरी पालिकाबाट चालु आवमा २९ परिवारका १४४ भित्रिँदा ९२ परिवारका ३५० नागरिक बाहिरिएका छन्। 

गाउँपालिकाको ग्रामीण भेगबाट बसाइँ सरी जानेको संख्या अत्यधिक रहेको गाउँपालिकाका सूचना अधिकारी बद्री सापकोटाले जानकारी दिए। पालिका केन्द्रमा वर्षभरिमा पालिका बाहिरबाट २९ परिवार आए पनि गाउँपालिकाबाट ९२ परिवार बाहिरिएका छन्। पालिकाभित्र पनि ग्रामीण क्षेत्रबाट पालिका केन्द्र र आसपास बसाइँ सर्ने क्रम अत्यधिक रहेको उनले बताए। 

भीमफेदी गाउँपालिकाले उपलब्ध गराएको विवरणअनुसार गाउँपालिकामा चालु आवमा विभिन्न प्रकारका एक हजार ३७७ घटना दर्ता भएका छन्। उपलब्ध विवरणअनुसार पालिकामा ३११ बालकको र ३४४ बालिकाको जन्म दर्ता भएको छ। 

त्यस्तै १२२ पुरुषको र ८७ महिलाको मृत्यु दर्ता भएको पालिकाले जनाएको छ। पालिकामा चालु आवमा ३६५ विवाह दर्ता गरिएकामा २७ सम्बन्धविच्छेदका घटना दर्ता भएका छन्। 

प्रकाशित: Jul 07, 2022| 10:58 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।