मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि खेलाडी छनोट

सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि खेलाडी छनोट

बाह्रौं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरी क्षेत्रीय प्रतियोगिताका लागि ५६ खेलाडी छनोट गरिएको हो।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

National life
kumari

बैतडी- सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि जिल्लाबाट खेलाडी छनोट गरिएको छ। बाह्रौं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरी क्षेत्रीय प्रतियोगिताका लागि ५६ खेलाडी छनोट गरिएको हो।   

जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीका अनुसार जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका आधारमा खेलाडी छनोट गरिएको हो।

छनोट गरिएका खेलाडीमा भलिबल, कबड्डी र एथ्लेटिक्सका रहेका छन्। पाटनमा सम्पन्न प्रतियोगितामा दशरथचन्द, पाटन र मेलौली नगरपालिका तथा सुर्नया, सिगास र शिवनाथ गाउँपालिकाका खेलाडी सहभागी थिए। छनोट भएका खेलाडीले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउनेछन्। प्रदेशस्तरीय प्रतियोगिता यही असार २४ र २५ गते कैलालीको धनगढीमा हुँदैछ।

प्रकाशित: Jul 07, 2022| 09:21 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।