म्याग्दी- म्याग्दी मगर समाजले सातौ रनिङ शिल्ड धनुषवाण प्रतियोगिताको उपाधि जितेको छ।
शुक्रवार बेलुका कृतिम प्रकाशमा खेलाईएको १० डोरको खेलमा ११७ अंक जोड्दै म्याग्दी मगर समाजले उपाधि चुमेको हो। कुल १२० अंकका लागि खेलाईएको १० डोरको खेलमा म्याग्दी मगर समाजले ३ अंक गुमाएको थियो।
प्रत्येक खेलाडीले एक डोरमा २ तीर निशानामा लागाउने पर्नेमा म्याग्दी मगर समाजका जुलुक पुन, कमल पुर्जा, प्रवेश फगामी र हरि पुनले सतप्रतिसत नतिजा निकाल्दै १० डोरमा २० तीरलाई अचुक निशाना लगाएर समान २०-२० अंक जोडेका थिए। देब रोकाको एउटा प्रहार चुके पछि १९ अंकको योगदान दिदा तलबहादुर गर्बुजाले दुई निशाना खेर फाल्दै १८ अंक जोडेका थिए।
दोश्रो स्थानमा रहेको नेपाल छन्त्याल संघले १० निशाना चुके पछि ११० अंकमा चित्त बुझानु पर्यो। त्यस्तै नेपाल जापान सम्पर्क समितिले तेश्रो स्थान कब्जा गदै १०५ अंक जोड्न सफल भयो।
थासाङ स्पोर्टस् क्लबको आयोजनामा संचालन भएको प्रतियोगितामा नेपाल छ्रन्त्याल संघका राजु छन्त्यालले दोहोरो उपाधि जितेका छन्। उनले ब्यक्तिगत स्पर्धाको खेलमा कुल १० अंक जोड्दै सर्वोकृष्ट धनुषधरको उपाधि जित्दै ३३ हजार ९ सय नगद प्राप्त गरे।
टिम स्पर्धामा २० अंक जोड्ने ७ खेलाडीलाई पछि पादै विशिष्ट धनुषधरको उपाधि पनि जित्न सफल भए। विजेता टिम तथा खेलाडीलाई थकाली सेवा समितिकी केन्द्रिय अध्यक्ष कृष्णकुमारी शेरचन, आयोजक थासाङ स्पोर्टस् क्लबका अध्यक्ष कृष्ण शेरचनलगायतले पुरस्कृत गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४