बिहीबार, असार ३२, २०८३

एशियाडका खेलाडीद्वय मिन र अशिमको विदाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- थकाली सेवा समिति र थासाङ स्पोर्टस् क्लबले इन्डोनेसिया हुने १८ औं एशियाडमा सहभागि हुन जाने खेलाडीद्धोय मिनप्रसाद गौचन र अशिम शेरचनलाई शुत्रवार बिदाई गरेको छ।  

थकाली सेवा समिति केन्द्रिय अध्यक्ष कृष्णकुमारी शेरचन र आयोजक थासाङ स्पोर्टस् क्लबका अध्यक्ष कृष्ण शेरचनलगायतले खेलाडीलाई शुभकामना दिदै बिदाई गरे। 

आर्चरीमा पुरुषतर्फ मिनप्रसाद गौचन, अशिम शेरचन, रोशन नगरकोटी र तिलक पुनमगर शनिवार त्यसतर्फ जादैछन्। पुरुषमा ब्यक्तिगत र टिम इभेन्टमा प्रतिस्पर्धा हुने छ भने उत्कृष्ट एक पुरुष खेलाडीले मिक्स डबलमा पनि प्रतिस्पर्धा गर्ने छन्। 

महिलातर्फ भने ज्ञानु अवालेले एकल र मिक्स डबलमा प्रतिस्पर्धा गर्ने छिन् । टिम प्रशिक्षकमा नेपाल आर्चरी संघका अध्यक्ष पूर्व राष्ट्रिय खेलाडी दिपकराज गुरुङ र ब्यवस्थापकमा महासचिव रमेशप्रसाद शिवाकोटी रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।