काठमाडौं- हरेक चार वर्षमा हुने एसियाली मुलुकको सबै भन्दा ठूलो खेल मेलाको १८ औं संस्करण शनिबार इन्डोनेसियामा सुरु हुँदैछ।
नेपालबाट २९ खेलमा १ सय ८५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। त्यस्तै एसियाका ४५ देशका खेलाडीको सहभागीता रहेको छ। मार्च पासमा नेपाली टोलीको नेतृत्व गर्दै भारोत्तोलनका कमल अधिकारीले नेपालको झन्डा बोक्नेछन्। २००६ मा श्रीलंकामा भएको १० औं सागमा उनले स्वर्ण जितेका थिए। भारोत्तोलनमा सागमा नेपाललाई स्वर्ण पद दिलाउने उनी एक्लो खेलाडी हुन्।
नेपालले अहिले सम्म २३ वटा पदक जितेको छ। जसमध्ये एउटा कास्य पदक १९८६ मा प्रदर्शनी खेलका रुपमा राखिएको तेक्वान्दोको रहेको छ। त्यो पदक विधान लामाले दिलाएका थिए। २३ मध्ये अहिले सम्म सबैभन्दा ठूलो पदकका रुपमा तेक्वान्दोकी सविता राजभण्डारीले जितेकी थिइन्। उनले १९९८ को एसियाडमा उक्त पदक जितेकी थिइन्।
नेपाललाई तेक्वान्दोले नै एसियाडमा बढी पदक दिलाउने खेल हो। यद्दपी पछिल्लो दुई संस्करणमा भने तेक्वान्दो खाली हात फर्केको छ। चीनमा २०१० मा र कोरियामा २०१४ मा भएको एसियाडमा नेपालले एक एक कास्य पदकमा चित्त बुझाउनु परेको थियो।
चीनमा बक्सिङका दीपक महर्जन र कोरियामा करातेकी बिमला तामाङले पदक जितेका थिए। यसपटक कुन खेलले नेपालको इज्जत राख्ने वा निराश भएर फर्कन पर्ने हो त्यसका लागि अब केहि दिन प्रतिक्षा गर्नुपर्ने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४