मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • राष्ट्रिय फुटबल टिमको प्रशिक्षण बुधबारबाट पोखरामा सुरु हुँदै

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण बुधबारबाट पोखरामा सुरु हुँदै

१० दिनको ब्रेकपछि आउँदो बुधबारबाट नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण सुरु हुने भएको छ।
 |  आइतबार, साउन २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०७८

काठमाडौं– १० दिनको ब्रेकपछि आउँदो बुधबारबाट नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण सुरु हुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज सूचना जारी गर्दै राष्ट्रिय टिमको ब्रेकपछि बन्द प्रशिक्षण बुधबारबाट सुरु हुने  जानकारी दिएको हो।

अहिले नेपाली टिम आउँदो अक्टोबरमा हुने साफ च्याम्पियनसिप र एएफसी एसिया कपको तेस्रो चरणको छनोटको तयारीमा छ। साफ च्याम्पियनसिप नेपालमा गराउनका लागि एन्फाले साफलाई प्रस्तावको विवरण पठाएको छ। १० करोड नेपाली रुपैयाँमा गर्न उसले प्रस्ताव पठाएको हो।

बंगलादेशले साफको आयोजनाबाट हात झिकेपछि इन्डिया, श्रीलंका, माल्दिभ्स र नेपाल आयोजनामा इच्छुक देखिएका थिए। १० दिनको विदामा रहेको खेलाडी, अफिसियल र प्रशिक्षक आउँदो मंगलबार त्यहाँ पोखरा पुग्नेछन्। तर प्रकाश बुढाथोकी र एरिक विष्टले पोखराको सेसनमा भाग लिने छैनन्। उनीहरुको ठाउँमा शिसिर लेखी, शेसेहाङ आम्दम्बे र गोलकिपर विशाल सुनार भने उपस्थित हुनेछन्।

सुरुमा ५० जना बोलाइएको राष्ट्रिय टिमको बन्द प्रशिक्षणबाट १४ जनालाई विदा गरिएपछि ३६ जनाले अभ्यास गरिरहेका थिए।

पछिल्लो समय एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवादका कारण मुख्य प्रशिक्षक अलमुताइरी प्रशिक्षणमा उपस्थित थिएनन्। तर विवादन समाधान हुनुअघि नै उनी पोखरा भने गइसकेका छन्।

प्रकाशित: Aug 08, 2021| 17:03 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।