बिहीबार, वैशाख ३१, २०८३

बढ्दैछन् कोरोना संक्रमित, बुधबार ११३ जना थपिए

पछिल्लो २४ घण्टामा देशभर ११३ जना कोभिड–१९ संक्रमित थपिएका छन्।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

National life

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ११३ जना कोभिड–१९ संक्रमित थपिएका छन्। २ हजार ७२४ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। 

योसँगै सक्रिय संक्रमितको संख्या ४७१ पुगेको छ। आज २० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्ला केही दिनयता कोभिड संक्रमितको संख्या बढिरहेको छ। हिजो मंगलबार ९० जना संक्रमित थपिएका थिए भने सोमबार ४० जनामा संक्रमण पुष्टि भएको थियो। त्यसैगरी आइतबार ५३ जना संक्रमित थपिएका थिए।

प्रकाशित: Jul 06, 2022| 16:54 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्