मंगलबार, असार १७, २०८२

महिला फुटबलको पनि बढ्दैछ क्रेज, युरोकप सुरु हुँदै

मेस्सी र रोनाल्डोजस्ता नामले पुरुष फुटबलको ख्याति व्यापक भएजस्तै जेसिका सिल्भा, जुली ब्रान्ड, डेल्फिन कास्करिनो र निकिता पेरिसजस्ता नामले महिला फुटबलको लोकप्रियता पनि कम छैन।
 |  बुधबार, असार २२, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

vianetvianet

काठमाडौं– बेलायतमा आज बुधबारदेखि महिला युरोकप फुटबल सुरु हुँदै छ। १६ टोली सहभागी प्रतियोगिताको उद्घाटन खेलमा बुधबार आयोजक बेलायतले अस्ट्रियाविरुद्ध नेपाली समयअनुसार राति १२ः४५ मा खेल्दै छ। खेल ओल्ड ट्राफोर्डमा हुनेछ। प्रतियोगिताका लागि टिकट कीर्तिमानी मात्रामा बिक्री भएको बताइएको छ।

विश्वका धेरै देशमा पाँच लाखभन्दा बढी टिकट बिक्री भइसकेको छ। यस पटकको प्रतियोगितालाई लिएर दर्शक र समर्थकमाझ ठूलो उत्साह देखिएको छ। यस पटकको युरोकपमा महिलाले खेल्ने फुटबलमा पनि लोकप्रियता बढ्दो रूपमा देखिएको छ। प्रतियोगिताको फाइनल खेल जुलाई ३१ मा हुनेछ। प्रतियोगितमा सहभागी १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ।

प्रतियोगिता सन् २०२१ मा हुनुपर्ने थियो। तर एक वर्षपछि अहिले हुन लागेको हो। त्यसैले पनि यो प्रतियोगिता कुरेर बसेका समर्थक खेललाई लिएर पर्खाइमा छन्। कोरोनाले गर्दा अन्य प्रतियोगितामा प्रभाव परेका कारण युईएफएले प्रतियोगितालाई एक वर्ष पछि सारेको हो।

कोभिडले पुरुष युरोकप पनि एक वर्षपछि धकेल्दै सन् २०२१ मा मात्रै आयोजना भएको थियो। यो प्रतियोगितामा पछिल्लो समय विश्वकपमा छनोट हुन नसकेको इटाली च्याम्पियन बन्यो।

मेस्सी र रोनाल्डोजस्ता नामले पुरुष फुटबलको ख्याति व्यापक भएजस्तै जेसिका सिल्भा, जुली ब्रान्ड, डेल्फिन कास्करिनो र निकिता पेरिसजस्ता नामले महिला फुटबलको लोकप्रियता पनि कम छैन। 

अधिकांश खेलमा झैं फुटबलमा पनि पुरुषको खेल हाबी छ। अघिल्लो पटकको प्रतियोगिता अर्थात् सन् २०१७ सम्म महिला फुटबलले त्यति राम्रो बजार लिएको थिएन। तर त्यसयताका पाँच वर्षमा महिला फुटबलले राम्रै स्थान पाइसकेको छ। प्रायोजक तथा टिभी र अन्य च्यानलहरूले पनि वुमेन फुटबललाई राम्रो पैसा दिन थालिसकेका छन्। त्यसैले महिला फुटबलले पछिल्लो समय आफ्नो स्तर उकासिसकेको छ। मेस्सी र रोनाल्डोजस्ता नामले पुरुष फुटबलको लोकप्रियता अलि व्यापक छ। तर जेसिका सिल्भा, जुली ब्रान्ड, डेल्फिन कास्करिनो र निकिता पेरिसजस्ता नामले महिला फुटबलको पनि लोकप्रियता कम छैन। 

यस पटकको प्रतियोगिता अलि रोमाञ्चक र प्रतिस्पर्धात्मक हुँदै छ किनकि सहभागी सबै १६ टोली नै प्रतियोगितामा मुख्य दाबेदार रहेका छन्। तुलनात्मक रूपमा अन्य महादेशभन्दा युरोप फुटबलमा धेरै अगाडि छ। फुटबललाई एउटा संस्कृतिकै रूपमा विकसित गरिरसकेको छ, युरोपले। त्यसैले यहाँको माहोल अलि व्यापक छ।

समूह विभाजन 

समूह ‘ए’ : इंग्ल्यान्ड, अस्ट्रिया, नर्वे, उत्तरी आयरल्यान्ड

आफ्नै घरेलु मैदान तथा हजारौं समर्थकमाझ इंग्ल्यान्डलाई केही सहज छ भने अर्कोतिर प्रतियोगिता जित्नै पर्ने दबाब पनि। त्यसमाथि उसले अहिलेसम्म प्रतियोगिताको उपाधि जित्न सकेको छैन। त्यसैले बेलायतका लागि यो एउटा ठूलो अवसर पनि हो। यही समूहको अर्को बलियो टिम हो, नर्वे। नर्वेले दुईपल्ट प्रतियोगिताको उपाधि चुमिसकेको छ। नर्वेले अधिकांश प्रतियोगितामा शीर्ष ४ सम्मको यात्रा तय गरेको छ। अस्ट्रिया र उत्तरी आयरल्यान्डले अहिलेसम्म प्रतियोगितामा ठूलो प्रभाव जमाउन सकेका छैनन्।

समूह ‘बी : स्पेन, जर्मनी, डेनमार्क, फिनल्यान्ड

यो समूह सबैभन्दा कठिन समूहमध्येको एक हो। डेनमार्क, जर्मनी र स्पेन अघिल्लो चरणमा जान संघर्षरत हुनेछन्। पछिल्लो समय राम्रो प्रदर्शन गर्न नसकिरहेको स्पेन आफ्ना मुख्य खेलाडी बार्सिलोनकी शीर्ष गोलकर्ता जेनिफर हेरमोसो चोटका करण टिममा अनुपस्थित रहेकी छन्। यसले गर्दा स्पेनलाई ठूलो असर परेको छ। जर्मनी आफैंमा बलियो टोली हो भने डेनमार्क पनि पछिल्लो समय उत्कृष्ट लयमा छ। उसले एकपल्ट प्रतियोगिताको उपाधि जितिसकेको छ।

समूह ‘सी’ : स्वीडेन, नेदरल्यान्ड्स, पोर्चुगल, स्वीट्जरल्यान्ड

साविक विजेता नेदरल्यान्ड्स, जसलाई प्रतियोगिताकै बलियो टिम मानिन्छ। त्यस्तै, स्वीडेन प्रतियोगिताकै सबैभन्दा उच्च वरीयताको टिम हो। त्यसैले यो समूहमा नेदरल्यान्ड र स्वीडेनलाई मुख्य दाबेदारका रूपमा हेरिएको छ। पोर्चुगल भाग्यले प्रतियोगितामा आएको टिम हो। रुस–युक्रेन युद्धका कारण युईएफएले प्रतिबन्ध लगाएपछि पोर्चुगलले मौका पाएको हो। यस समूहमा पोर्चुगल र स्वीट्जरल्यान्डलाई अघिल्लो चरणमा जान अप्रत्यासित नतिजा आवश्यक पर्नेछ।

समूह ‘डी’ : फ्रान्स, इटाली, बेल्जियम, आइसल्यान्ड

यो समूह कठिनजस्तो देखिए पनि सन्तुलित समूह हो। पुरुष फुटबलमा जस्तो प्रभाव छैन फ्रान्सेली टमिको। फ्रान्स अहिलेसम्म प्रतियोगिताको सेमिफाइनलसम्म पुग्न सकेको छैन। तर ऊ यो समूहबाट अघिल्लो चरणको यात्रा तय गर्न सक्ने टिम हो। इटाली महिला फुटबलमा विस्तारै अघि बढ्दै छ। बेल्जियमले पनि खासै प्रभाव जमाउन सकेको छैन। त्यस्तै, आइसल्यान्ड ‘डार्क हर्स’को टिम हो।

जर्मनीको दबदबा

प्रतियोगिताको सबैभन्दा सफल टोली हो, जर्मनी। उसले आठ पटक यस प्रतियोगिताको उपाधि जितिसकेको छ। अघिल्लो प्रतियोगिता नेदरल्यान्डले जित्नुअघि जर्मनले लगातार ६ पटक उपाधि जितेको थियो। पुरुष फुटबलमा झैं महिला फुटबलमा पनि बलियो छ, जर्मनी। १२ आंै संस्करणसम्म आइपुग्दा उसले आठ पटक उपाधि जित्दै आफ्नो कब्जा जमाएको छ।

आठौं पटक फाइनल खेलेको जर्मनीले अहिलेसम्म फाइनल खेलमा पराजय बेहोरेको छैन। विगतभन्दा केही खस्किए पनि जर्मनीलाई प्रतियोगितामा उपाधिको मुख्य दाबेदारका रूपमा लिन सकिन्छ। जर्मनी फेरि पनि युरोकपमा कब्जा जमाउने दाउमा छ।

साविक विजेता नेदरल्यान्ड– प्रतियोगिताको साविक विजेता राष्ट्र नेदरल्यान्ड हो। उसले सन् २०१७ मा आफ्नै देशमा भएको प्रतियोगिताको फाइनलमा डेनमार्कविरुद्ध ४–२ को नतिजा निकाल्दै उपाधि जितेको थियो। यो उसको पहिलो युरोकप उपाधि पनि हो। त्यस्तै, नेदरल्यान्ड लगातार दोस्रो उपाधि जित्ने लक्ष्यमा हुनेछ।  सन् २०१९ को महिला विश्वकपको फाइनलसम्मको यात्रा गरेको नेदरल्यान्ड फाइनलमा अमेरिकासँग पराजित भएको थियो। तर पछिल्लो समय युरोपमा महिला फुटबललाई नियाल्ने हो भने नेदरल्यान्ड नै सबैभन्दा बलियो टोली हो।


–अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा


प्रकाशित: Jul 06, 2022| 15:44 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।