शनिबार, मंसिर ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पहिलो खेल वर्षाले अवरुद्ध भएपछि क्यानडाविरुद्ध अन्तिम खेल खेल्दै नेपाल

पहिलो खेल वर्षाले अवरुद्ध भएपछि क्यानडाविरुद्ध अन्तिम खेल खेल्दै नेपाल

हिजो मंगलबार हुने भनिएको क्यानडाविरुद्धको पहिलो एकदिवीसय खेल वर्षाका कारण अवरुद्ध भएपछि आज नेपालले दोस्रो एकदिवसीय खेल्दैछ।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– हिजो मंगलबार हुने भनिएको क्यानडाविरुद्धको पहिलो एकदिवीसय खेल वर्षाका कारण अवरुद्ध भएपछि आज नेपालले दोस्रो एकदिवसीय खेल्दैछ। खेल नेपाली समयअनुसार बेलुकी पौने ९ बजे क्यानडाको मेपल लिफ क्रिकेट रंगशालामा हुनेछ। 

क्यानडा भ्रमणमा रहेको नेपालको यो अन्तिम खेल हुनेछ। त्यसपछि नेपाली टिम स्कटल्यान्ड जानेछ, जहाँ नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक सिरिज हुनेछ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोलीमा उपकप्तान रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सर्राफ र विनोद भण्डारी रहेका छन्।

प्रकाशित: Jul 06, 2022| 13:35 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।