मंगलबार, जेठ ५, २०८३

चितवनमा रोजगार मेला आजदेखि

भरतपुर नगरपालिका र रत्ननगर नगरपालिकाको आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा मेला हुन लागेको हो।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

चितवन- जिल्लामा आज रोजगार मेला सुरु हुने भएको छ। भरतपुर नगरपालिका र रत्ननगर नगरपालिकाको आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा मेला हुन लागेको हो। युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीतिअनुसार वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला २०७९ गर्न लागिएको हो।

National life

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीका अनुसार यस्तो मेला स्थानीय सरकारले पहिलोपटक गर्न लागेको हो। जिल्लामा हुने विकास निर्माणका काममा आवश्यक कामदार अहिले पनि भारतबाट ल्याउनुपर्ने बाध्यता रहेकाले यसको अन्त्य गर्न रोजगार मेला गर्न लागिएको सुवेदीले जानकारी दिए। सुवेदीले निजी क्षेत्र र विज्ञसँगको छलफलपछि मेला आयोजना गर्न लागिएको प्रष्ट पारेका छन्। 

विभिन्न संघसंस्था, कम्पनी तथा उद्योगमा आवश्यक रोजगारीका बारेमा मेलामा जानकारी दिइने छ। रोजगारका लागि आवश्यक सीप र योग्यता भएका व्यक्तिलाई रोजगारदाताबाट मेलामा नै नियुक्ति दिइने छ। 

जिल्लाका साथै देश-विदेशमा उपलब्ध विभिन्न रोजगारीका अवसरमा जानकारी गराइने सुवेदीले बताए। विद्यार्थी तथा बेरोजगार युवालाई श्रमबजारको माग र आवश्यकताका आधारमा वृत्ति परामर्श सेवा प्रदान गरिने उनको भनाइ छ। तालिम प्रदायक संस्थाले प्रदान गर्ने सीपमूलक तालिम र अवसरका बारेमा सो अवसरमा जानकारी गराइने छ।

चितवन पोल्ट्री, दूध, माछा, केरालगायतका कृषि उत्पादनमा आत्मनिर्भर छ। त्यस्तै होटल, विभिन्न उद्योगमा ठूलो सङ्ख्यामा कामदारको माग भए पनि भारतलगायत तेस्रो मुलुकबाट कामदार ल्याउनुपर्ने बाध्यता छ। मेलाले रोजगारदाता र रोजगारी गर्न इच्छुक व्यक्तिहरुको दूरी नजिक बनाउने अपेक्षा गरिएको छ। मेलामा ६० वटा स्टल रहने छन्। दुई दिनसम्म चल्ने मेलामा १० हजार हाराहारीले अवलोकन गर्ने र दुई सय जनाले मेलाकै समयमा रोजगारी पाउने अपेक्षा समेत सुवेदीले गरे।

वैदेशिक रोजगारीमा जान चाहनेलाई सीपमूलक तालिम दिने, पालिकामा हुने विकास निर्माणमा जनशक्ति उत्पादन गरी मौसमी रोजगारी दिने तथा विभिन्न संघसंस्थामा आवश्यक पर्ने कामदारको मागलाई पूरा गर्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। मेलामा रोजगारदाता र रोजगारी गर्न इच्छुकको तथ्यांक संकलन गरिने छ।

मेला हेल्भिटासको प्राविधिक सहयोगमा हुन लागेको हो। यसमा उद्योग वाणिज्य सङ्घ चितवन, चितवन उद्योग संघ, चितवन च्याम्बर अफ कमर्स, रत्ननगर उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी महासंघ नेपाल, क्षेत्रीय होटल संघ नेपाल, रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल, नेपाल पोल्ट्री महासंघको सहकार्य रहेको छ।   -रासस

प्रकाशित: Jul 06, 2022| 13:30 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।