मंगलबार, जेठ ५, २०८३

देशका विभिन्न स्थानमा ६ जनाको शव फेला

देशका विभिन्न स्थानमा ६ जनाको शव फेला परेको छ। काठमाडौं महानगरपालिका-२४ मखन गल्ली बस्ने ५९ वर्षीय केश रत्न स्थापित आफ्नै घरको पानी ट्याङ्कीमा मंगलबार मृत अवस्थामा फेला परेका छन्।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

काठमाडौं- देशका विभिन्न स्थानमा ६ जनाको शव फेला परेको छ। काठमाडौं महानगरपालिका-२४ मखन गल्ली बस्ने ५९ वर्षीय केश रत्न स्थापित आफ्नै घरको पानी ट्याङ्कीमा मंगलबार मृत अवस्थामा फेला परेका छन्।

National life

सर्लाही, बरहथवा नगरपालिका-५ स्थित एनटीसी टावर छेउको बाटोमा सोही ठाउँ बस्ने ३८ वर्षीय भोला मिश्रा मंगलबार मृत अवस्थामा फेला परेका छन्।  

दाङ, तुलसीपुर उपमहानगरपालिका-७ बेतही खोला किनारमा सोही ठाउँ बस्ने ४१ वर्षीय दिपक थापा मंगलबार मृत अवस्थामा फेला परेका छन्। 

पाल्पा, रामपुर नगरपालिका-७ विजयपुर चोकस्थित सडक छेउमा सोही नगरपालिका-५ बस्ने स्याङ्जा चापाकोट हिलेमराङ स्थायी वतन भएका ६९ वर्षीय भुवन दमाई मंगलबार मृत अवस्था फेला परेका छन्। 

कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ पुरानो बसपार्कस्थित यात्रु प्रतिक्षालयभित्र सोही ठाउँमा मागी खाई हिँड्ने भारत घर भएकी करिब ५३ वर्षीया माँया बाई मंगलबार मृत अवस्थामा फेला परेकी छन्। 

यसैगरी कपिलवस्तु, महाराजगंज नगरपालिका-६ सानो बटहनियास्थित जंगलमा हाल नाम, थर, वतन नखुलेकी करिब ५० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन्। सबै घटनाका कारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: Jul 06, 2022| 12:59 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।