धनगढी- कञ्चनपुरमा एक युवकको शव फेला परेको छ। भीमदत्त नगरपालिका-६ एैठपुरस्थित गोल्डेज विरिज स्कुलको छतमा प्रेमसिंह धामीको शव फेला परेको प्रहरीले जनाएको छ।
२२ वर्षीय धामी सोही नगरपालिका वडा नम्बर-७ हल्दुखालका स्थानीय हुन्। धामीसँगै सुतेका अर्का युवकले उनको मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेका थिए।
अहिले उनी प्रहरीको नियन्त्रणमा छन्। उनीहरू लागूऔषध प्रयोगकर्ता रहेको र मादकपदार्थ सेवन गरेर छतमा सुतेको प्रहरीले जनाएको छ।