मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अर्थमन्त्रीविरुद्ध छानबिन समिति बनाउन माओवादी केन्द्र तयार

अर्थमन्त्रीविरुद्ध छानबिन समिति बनाउन माओवादी केन्द्र तयार

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानबिनका लागि संसदीय समिति बनाउन नेकपा माओवादी केन्द्र तयार भएको बताइएको छ।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

काठमाडौं- बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानबिनका लागि संसदीय समिति बनाउन नेकपा माओवादी केन्द्र तयार भएको बताइएको छ। 

National life

आजको संसद् बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आफ्ना कुरा राखेपछि छानबिन समिति गठन गर्न माओवादी केन्द्र तयार भएको हो। 

संसद्मा बजेट प्रस्तुत गर्नुभन्दा अघिल्लो रात अनधिकृत व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरिएको विषयमा अर्थमन्त्रीलाई हटाएर छानबिन गर्न प्रमुख प्रतिपक्षी दल एमालेले माग गर्दै आएको छ। 

उपभोक्ता संरक्षण मञ्चले उक्त दिनको सीसीटीभी फुटेज हेर्नका लागि माग गरे पनि अर्थमन्त्रालयले फुटेज भण्डारणबाट हटिसकेको बताएको छ।  

अर्थमन्त्रीसँगै अर्थसचिव मधुकुमार मरासिनीको नाम पनि जोडिएर आएपछि उनी बिदामा बसेको अर्थमन्त्रालय स्रोतको भनाई छ। 

अर्थमन्त्रीले राजीनामा नदिएसम्म आफू मन्त्रालय नफर्किने भन्दै मरासिनीले मुख्य सचिव शंकरदास वैरागी र प्रधानमन्त्रीलाई जानकारी गराएको स्रोतको दाबी छ।  

बजेट तथा करका दरहरूमाथि गोपनीयता कायम गर्न नसकिएको भन्दै बजेटमाथि गम्भीर प्रश्न चिन्ह खडा भएपछि अर्थमन्त्रालयका कर्मचारीहरू पनि अर्थमन्त्रीसँग बेखुस भएको बताइएको छ।

प्रकाशित: Jul 06, 2022| 11:31 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।