मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कैलालीमा ६ महिनामा एक करोड बढी मूल्यको भन्सार छलीको सामान बरामद

कैलालीमा ६ महिनामा एक करोड बढी मूल्यको भन्सार छलीको सामान बरामद

सशस्त्र प्रहरीले आ.व. ०७८/७९ को माघदेखि असार २० गतेसम्म एक करोड १२ लाख ४५ हजार ८३० रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको हो।
 |  बुधबार, असार २२, २०७९

भीम चौधरी

भीम चौधरी

बुधबार, असार २२, २०७९

धनगढी- सशस्त्र प्रहरीले कैलालीको विभिन्न क्षेत्रबाट ६ महिनामा एक करोड बढी रुपैयाँको भन्सार छलीका सामान बरामद गरेको छ।

National life

सशस्त्र प्रहरीले आ.व. ०७८/७९ को माघदेखि असार २० गतेसम्म एक करोड १२ लाख ४५ हजार ८३० रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको हो। 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वार्टर कैलालीले जिल्लाको विभिन्न क्षेत्रबाट सो रकमको सामान बरामद गरेर कैलाली भन्सार बुझाइएको जनाएको छ। 


सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहका अनुसार माघ महिनामा १० लाख ५५ हजार ७८०, फागुनमा १६ लाख ६५ हजार ८४०, चैतमा २५ लाख ९२ हजार ३१५, वैशाखमा ९ लाख ३० हजार २८५, जेठमा १५ लाख ४७ हजार ८४० र असार महिनाको २० गतेसम्म ३४ लाख ५३ हजार सात सय ७० रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद भएको हो। 

Laxmi sunrise bank
kumari

'भन्सार छलीका मोटरसाइकलका पार्टपुर्जा, किरानाका सामान, चिनी, युरिया, लेडीज सुट, कस्मेटिक लगायत सामान बरामद गरेका हौं' सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहले भने, 'बरामद भएको सामान कैलाली भन्सार बुझाइएको छ।'

प्रकाशित: Jul 06, 2022| 10:16 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।