बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

भूमि आयोग खारेजको विरोधमा बुटवलमा एमालेको प्रदर्शन

सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा (एमाले) का विभिन्न शाखा कमिटीहरुले शनिबार बुटवलमा प्रदर्शन गरेका छन्।
 |  आइतबार, साउन २४, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०७८

बुटवल- सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा (एमाले) का विभिन्न शाखा कमिटीहरुले शनिबार बुटवलमा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले सरकारविरुद्ध चर्का नारा लगाएका थिए।

triton college

सरकारले गत मंगलबार मन्त्रिपरिषद् बैठकबाट एमाले नेतृत्वको सरकारले गठन गरेको देवीप्रसाद ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको थियो। जसको एमाले र उसका भ्रातृ संगठनलगायतले विरोध गरिरहेका छन्। प्रदर्शनमा उत्रिएका भूमिहीन तथा सुकुम्बासीहरूले ‘भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन बदर गर’ लगायतका नारा लगाएका थिए।

बुटवलको मगरघाट, बुटवल–११ देवीनगरको एमाले चोक, बुटवल आँखा अस्पताल, बुटवल वडा नम्बर १२ र १३ लगायतका ठाउँहरुमा प्रदर्शन र कोणसभा गरिएको छ।

प्रदर्शनपछि आयोजित आमसभालाई विभिन्न नेताहरूले सम्बोधन गरेका थिए। कोणसभालाई संबोधन गर्दै एमाले रुपन्देहीका सहसंयोजक तेजेन्द्र केसीले सरकारले लाखौं भूमिहीनले जग्गा पाउने अधिकार खोसेको भन्दै तत्काल आयोग विघटन बदर गर्न माग गरे। उनले सरकारले लाखौं भूमिहीनले जग्गा पाउने अधिकार खोसेको बताए।

प्रकाशित: Aug 08, 2021| 16:56 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।