सोमबार, फागुन १८, २०८२

क्यानडाविरुद्ध पहिलो खेल खेल्दै नेपाल

नेपालले क्यानडासँग दुई एकदिवसीय क्रिकेट खेल्ने कार्यतालिका छ।
 |  मंगलबार, असार २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९

काठमाडौं- क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले मंगलबार क्यानडाविरुद्ध पहिलो एकदिवसीय खेल खेल्दै छ।

खेल नेपाली समयअनुसार बेलुकी ८:४५ मा मेपल लिग क्रिकेट रंगशालामा हुनेछ। आईसीसी विश्वकप लिग २ को तयारीमा रहेको नेपालले क्यानडासँग खेल्न लागेको हो।

नेपालले क्यानडासँग दुई एकदिवसीय क्रिकेट खेल खेल्नेछ। त्यसपछि नेपाली टिम स्कटल्यान्ड जानेछ, जहाँ नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक सिरिज हुनेछ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोलीमा उप–कप्तान रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सर्राफ र विनोद भण्डारी रहेका छन्।

प्रकाशित: Jul 05, 2022| 12:46 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।