मंगलबार, चैत ३, २०८२

पिनट बटर खानुका यस्ता छन् चार फाइदा

यसले हाम्रो शरीरका लागि फाइदा मात्रै गर्दैन, मुटुसम्बन्धी रोगहरूबाट बचाउन, तौल घटाउन र मोटोपना हटाउन पनि मद्दत गर्छ।
 |  मंगलबार, असार २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९

काठमाडौं- ड्राईफ्रुट्स स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार पिनट बटरको सेवन पनि फाइदाजनक हुन्छ। यसको फाइदा बदाम र ओखरको भन्दा कम छैन।

National life

पिनट बटरमा प्रचुर मात्रामा स्वस्थ मिनरल्स र भिटामिन पाइन्छ। यसबाहेक भिटामिन बी ५, जिंक, आइरन, पोटासियम र सेलेनियम पनि धेरै हुन्छ। यी सबै हाम्रो शरीरको विकासको लागि आवश्यक छन्।

पिनट बटर धेरै प्रकारका शारीरिक समस्याबाट बचाउन उपयोगी हुन्छ। एक चम्चा पिनट बटरमा १०० क्यालोरी हुन्छ। जुन मोनो अनस्याचुरेटेड फ्याटको रुपमा हुन्छ। यसले हाम्रो शरीरका लागि फाइदा मात्रै गर्दैन, मुटुसम्बन्धी रोगहरूबाट बचाउन, तौल घटाउन र मोटोपना हटाउन पनि मद्दत गर्छ।

पिनट बटरको फाइदाहरु

स्तन क्यान्सरको जोखिम कम गर्छ:

Laxmi sunrise bank
kumari

पिनट बटरले महिलाहरूमा स्तन क्यान्सरको जोखिम कम गर्न मद्दत गर्छ। ९ देखि १५ वर्षका केटीहरूले दिनहुँ पिनट बटर खानुपर्छ। यसले उनीहरूको स्तन क्यान्सरको जोखिमलाई ३९ प्रतिशतसम्म घटाउन सक्छ।

आँखाका लागि फाइदाजनक:

मोबाइल र ल्यापटपको अत्याधिक प्रयोगले आँखा कमजोर बनाउँछ। यस्तो अवस्थामा पिनट बटरको सेवन गर्नाले भिटामिन ए पाइन्छ, जुन आँखाका लागि फाइदाजनक हुन्छ।

कोलेस्ट्रोल घटाउने:

पिनट बटरले तौल घटाउन मद्दत गर्छ। यसले कोलेस्ट्रोल घटाउन पनि मद्दत गर्छ। दैनिक एक चम्चा पिनट बटरले तौल बढ्ने र मुटुसम्बन्धी रोगको जोखिम कम गर्छ।

पाचन प्रणालीका लागि फाइदाजनक:

पिनट बटरमा उच्च फाइबर सामग्री हुन्छ। यसको नियमित सेवनले पाचन प्रणालीलाई मजबुत बनाउँछ। राम्रो पाचन प्रणालीले शरीरमा हुने सबै रोगहरुबाट मुक्ति दिन्छ।  -अमरउजालाबाट


प्रकाशित: Jul 05, 2022| 06:12 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्