मंगलबार, माघ ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पत्रकार सम्मेलनमा मेस्सीले रुँदै भने– आज मैले गुडबाइ भन्नुपर्छ, म यहाँ १३ वर्षको हुँदा आइपुगेको थिएँ‍‍‍‍‍...

पत्रकार सम्मेलनमा मेस्सीले रुँदै भने– आज मैले गुडबाइ भन्नुपर्छ, म यहाँ १३ वर्षको हुँदा आइपुगेको थिएँ‍‍‍‍‍...

बार्सिलोनाबाट बिदाइको मन्तव्य दिँदै गर्दा लियोनल मेस्सीले आफूलाई थाम्न सकेनन्। उनले स्थनीय समयअनुसार आइतबार मध्यान्नमा पत्रकार सम्मेलन गरेर आफ्नो बिदाइबारे जानकारी दिएका थिए।
 |  आइतबार, साउन २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०७८

काठमाडौं- बार्सिलोनाबाट बिदाइको मन्तव्य दिँदै गर्दा लियोनल मेस्सीले आफूलाई थाम्न सकेनन्। उनले स्थनीय समयअनुसार आइतबार मध्यान्नमा पत्रकार सम्मेलन गरेर आफ्नो बिदाइबारे जानकारी दिएका थिए।

National life

अर्जेन्टिनी स्टार मेस्सीले रुँदै मन्तव्य सुरु गरे। करिब सात मिनेट आफ्ना कुरा राखेका उनले सबै समय रोएरै बिताए। जब उनले आफ्नो मन्तव्य सके त्यसपछि झन् थामिएनन्।

पत्रकार र क्यामेरासामु उनले आँसु खस्न दिइरहे। उनले बार्सिलानामा बिताएका दुई दशक र क्याटलान क्लबप्रतिको माया पनि मन्तव्यका क्रममा व्यक्त गरे।

त्यहाँ उपस्थित सबैले उठेर, ताली बजाएर उनलाई शान्त्वना दिएका थिए। कार्यक्रममा मेस्सीकी श्रीमति एन्टोनिला रोकुजो र उनका तीन सन्तान पनि उपस्थित थिए।

पत्रकार सम्मेलनमा मेस्सीले के भने?

Laxmi sunrise bank
kumari

यति धेरै वर्षपछि यो मेरो लागि धेरै अप्ठ्यारो अवस्था आइपरेको छ। मैले मेरो पूरा जीवन यहीँ नै बिताए। 

उनले यसो भनिरहँदा धेरै पटक आँसु पुछिसकेका थिए। ‘मैले यो सहरमा बसिरहने छु भन्ने सोचेको थिएँ, त्यसले मलाई खुसी बनाएको थियो। म १३ वर्षको हुँदादेखि नै बार्सिलोनामा छु। तर २१ वर्षपछि म मेरो परिवारका साथ क्याटलोनिया छोड्न गइरहेको छु।’

उनले अगाडि भने, ‘तर म सबैसँग बाचा गर्छु, बार्सिलोना मेरो घर हो। म यहाँ समय मिलाएर आउनेछु। यहाँका धेरै मानिससँग मेरो नजिकको साइनो छ। म यो क्लबका सबैलाई मनभरि सम्झिने छु। मैले यहाँबाट धेरै अनुभव बटुलेको छु। यहाँका हरेका कुराले मलाई अघि बढ्न सहयोग गरेका छन्।’

प्रकाशित: Aug 08, 2021| 16:42 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।