शुक्रबार, मंसिर १४, २०८१
  • गृहपृष्ठ
  • फोटो
  • बाजुरेली बालबालिकाका लागि 'काल' बनेको कुपोषण [तस्बिर कथा]

Siddartha premir insuranceSiddartha premir insurance

बाजुरेली बालबालिकाका लागि 'काल' बनेको कुपोषण [तस्बिर कथा]

राजधानीबाट लगभग १ हजार किलोमिटर टाढा रहेको सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाका धेरैजसो आमाहरूको कथा उस्तै छ।
 |  मंगलबार, असार २१, २०७९
nespernesper

अलजजिरा

अलजजिरा

मंगलबार, असार २१, २०७९

काठमाडौं- सुदूरपश्चिम नेपालका दुर्गम बस्तीमा शिशु अनि आमाहरूको कुपोषण तथा उचित स्वास्थ्य सेवा अभावका कारण दिनहुँजसो मृत्यु हुन्छ।

himalayan bank box

२५ वर्षीया निर्मला विश्वकर्मा र उनका १ वर्षीय छोरालाई ‘सलाइन’मार्फत पोषक तत्त्व दिनुपरेको छ। १५ वर्षकी हुँदा निर्मलाको बिहे भएको थियो। बिहेपछि ७ पटक गर्भवती भएकी उनका दुईमात्र बच्चा बाँचे।

राजधानीबाट लगभग १ हजार किलोमिटर टाढा रहेको सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाका धेरैजसो आमाहरूको कथा उस्तै छ।

गाउँबाट नजिकै अस्पताल छैन। एक दिन गाडीमा र १२ घन्टा पहाडको उकालो–ओरालो हिँडेर काटेपछि मात्र ‘नजिकै’को स्वास्थ्य चौकी पुगिन्छ।

नेपालको औसत आयु सम्भाव्यता ६९.२ वर्षको भए पनि विकट बाजुराको आयु देशकै सबैभन्दा कम छ। बाजुराको आयु सम्भाव्यता ५९.२ वर्षमात्र छ। नेपालकै सबैभन्दा विपन्न जिल्ला बाजुरामा १४ प्रतिशत महिलाले ४० नपुग्दै ज्यान गुमाउँछन्।

Metro Mart
vianet

‘यहाँका ३०८ परिवारमा कुपोषणको दर उच्च छ’, मुक्तिकोट नगरपालिकाका कार्यवाहक प्रमुख पारसबहादुर शाही बताउँछन्। मुक्तिकोटमा जम्मा ४०० परिवार छन्।

५ वर्षभन्दा कम उमेर समूहका २०३ बच्चा भएको यस ठाउँमा कुलमध्ये १६ जनालाई गम्भीर कुपोषण छ भने ४५ बच्चा सामान्य कुपोषणले ग्रसित छन्। बाजुराका प्रमुख जिल्ला स्वास्थ्य अधिकारी महेश चन्दका अनुसार मुक्तिकोटका ४१ प्रतिशत बालबालिका कुपोषणले ग्रस्त छन्।

यसैकारण बाजुरामा बर्सेनि थुप्रै  बालबालिकाको अकालमा ज्यान जानेको गरेको छ। ‘बालबालिकाको मृत्यु भएको देख्नु यहाँ कुनै नौलो विषय हैन। विगत एक वर्षमा  कुपोषणका कारण ९ वटा शिशुको मृत्यु भइसकेको छ’, शाही भन्छन्।

कुपोषित बालबालिका भुइँमा लडिरहन बाहेक केही गर्न सक्दैनन्। आफ्नै अनुहारमा भन्किरहेका झिँगा धपाउने शक्ति पनि उनीहरूमा छैन। कतिपय बालबालिका त आफ्नो खुट्टामा उभिन पनि सक्दैनन्।

जानकी न्यौपानेले मुक्तिकोटमा स्वास्थ्यसेविका बनेर काम गर्न थालेको दुई वर्ष भएको छ। ‘कलिला आमाहरू आफ्नो स्वास्थ्यबारे ख्याल गर्दैनन्। नजिकैको एक्स-रे मेसिन कोल्टीमा छ, जहाँ पुग्नै लगभग एक दिन पूरै हिँड्नुपर्छ। उनीहरू धेरै जटिल समस्या भएपछि मात्र स्वास्थ्य चौकी आउँछन्। सोही कारण गर्भ तुहिने दर ह्वात्तै बढ्छ’, न्यौपाने भन्छिन्।

निर्मला दलित परिवारकी महिला हुन्। समुदायमा अझै पनि दलित पिछडिएका अनि हेपिएका छन्। मुक्तिकोटका दलितहरूले अलि पर छङछङ बगिरहेको कर्णाली त देख्छन् तर गाउँमा खानेपानी तथा सिँचाइको समस्या असाध्य  छ। वर्षाको ठेगान छैन। कहिले खडेरीले बालीनाली सुकाउँछ, कहिले बाढीले खेतै बगाउँछ।

– सबै तस्बिर अलजजिराका लागि निरञ्जन श्रेष्ठले खिचेका हुन्।


प्रकाशित: Jul 05, 2022| 08:39 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।