शनिबार, मंसिर ६, २०८२

विश्वकप फुटबल हेर्न अर्थमन्त्रीलाई कतारको निम्तो

कतारमा आयोजना हुन लागेको फिफा विश्वकप फुटबल प्रतियोगिता हेर्नका लागि कतारले अर्थमन्त्रीलाई निम्तो दिएको छ।
 |  आइतबार, असार १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १९, २०७९

काठमाडौं- कतारमा आयोजना हुन लागेको फिफा विश्वकप फुटबल प्रतियोगिता हेर्नका लागि कतारले अर्थमन्त्रीलाई निम्तो दिएको छ। नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अहमद अलहाइलले अर्थमन्त्री जनार्दन शर्मालाई फुटबल प्रतियोगिताका लागि निम्तो दिएका हुन्। 

National life

आइतबार अर्थमन्त्री शर्मा र कतारी राजदूत युसुफबीच सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको थियो। 

'भेटमा राजदूत युसुफले कतारमा आयोजना हुन लागेको विश्वकप फुटवल प्रतियोगिता २०२२ मा अर्थमन्त्रीज्यूलाई आमन्त्रण गर्नुभएको छ,' अर्थमन्त्री शर्माको सचिवालयले फेसबुकमा पोस्ट गरेको छ। 

सन् २०२२ नोभेम्बर २१ देखि कतारमा विश्वकप फुटबलका खेल सुरु हुँदैछन्। 

प्रकाशित: Jul 03, 2022| 15:59 आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।