आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मल नपाउँदा उत्पादन घट्ने चिन्ता

चितवनको खैरहनी नगरपालिका–१३ वैदियाका कृषक श्याम दाहाल मल पाइने आशमा पटक–पटक घर नजिकैको साना किसान सहकारीमा धाइरहन्छन्। तर उनी प्रत्येकपल्ट रित्तो हात फर्कन विवश छन्।
 |  आइतबार, असार १९, २०७९
nespernesper

निशा श्रेष्ठ

निशा श्रेष्ठ

आइतबार, असार १९, २०७९

चितवन– चितवनको खैरहनी नगरपालिका–१३ वैदियाका कृषक श्याम दाहाल मल पाइने आशमा पटक–पटक घर नजिकैको साना किसान सहकारीमा धाइरहन्छन्। तर उनी प्रत्येकपल्ट रित्तो हात फर्कन विवश छन्।

triton college

साना किसान सहकारीले मल लैजानका लागि नागरिकताको फोटोकपी माग्यो। उनले बुझाए पनि। तर मल आउँदाको दिनमा भने उनी रित्तै हात फर्किनुपर्यो। ‘सहकारीमा एक दुई चोटी मात्रै मल आएको थियो। भिड थियो, भित्र जानेले पाए मैले त कत्ति पनि पाइनँ,’ उनले गुनासो गर्दै भने, ‘मल आएको छ कि भनेर बेलाबेला जान्छु खै आउने अत्तोपत्तो छैन।’ 

१० कठ्ठामा धान खेती गर्दै आएका उनले मल बिनै धान रोपाइँ सकेको बताए। किसानलाई समयमै मल दिने झुटो आश्वासन दिएर सरकार किसानप्रति जिम्मेवार नभएको उनको आरोप छ। ‘कृषिप्रधान देश भन्नुमात्रै भयो। खै हामीले मल पनि पाउँदैनौं।। आएको पनि टाठाबाठाले लगिहाल्छन्,’ उनले दुखेसो पोखे। 

खैरहनी–१३ कै मैती तामाङको पनि उस्तै गुनासो छ। १५ कठ्ठामा धान खेती गर्दै आएका उनले मलको अभावले उत्पादन घट्ने चिन्ता व्यक्त गरे। ‘अनुदानको १५ केजी मल दिएको थियो। यति मलले एकछेउ पनि हुँदैन। नहाली यत्तिकै राखेको छु,’ उनले भने।

खैरहनीकै बलबहादुर प्याकुरेललाई तत्कालै धानमा हाल्न डेढ क्विन्टल मलको आवश्यक छ। तर उनले १५ केजीमै चित्त बुझाउनुपरेको छ। २ विघामा धान रोपाइँ सकेका उनी पर्याप्त मलको व्यग्र प्रतीक्षामा छन्। ‘धान त रोपियो मेसिनबाट, अब मल नै नपाए त के राम्रो होला र?’ उनले भने।

Metro Mart
vianet

यता भरतपुर–४ का अर्का कृषक शोभाप्रसाद आचार्यले डेढ विघामा धान खेती गर्दै आएका छन्। उनी आफैं आनन्द कृषि सहकारी संस्थाको अध्यक्ष समेत हुन्। तर खेती गर्ने बेलामा मल नआएपछि उनी दिक्क छन्। ‘मल कहिले आउँछ भन्दै किसानहरु सहकारी धाइरहनुहुन्छ। हामी पनि यहि विषयलाई लिएर महानगर डेलिगेसनका लागि पटक पटक गयौं। अस्ति बल्लबल्ल २० बोरा मल पाएर बाँड्यौं। अब युरियाको अति आवश्यक छ। सम्बन्धित निकायले ध्यान दिनुपर्यो,’ उनले भने। कृषि ज्ञान केन्द्र चितवनका अनुसार चितवनमा बर्खे धान २२ हजार हेक्टरमा लगाइने अनुमान गरिएको छ।

ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेका अनुसार बर्खे धानका लागि चितवनमा रासायनिक मल युरिया ३,३०० मेट्रिक टन, डिएपी २,६४० मेट्रिक टन र पोटास १,९८० मेट्रिक टन आवश्यकता रहेको छ। कुल ७,९२० मेट्रिक टन रासायनिक मलको आवश्यकता भए  पनि युरिया र डिएपी मलको अभाव भने यथावत् रहेको उनले बताए। ‘असारको पहिलो साताभित्र डिएपी मल किसानलाई ५० प्रतिशत बाँडियो तर युरिया मल भने अहिलेसम्म वितरण गरिएको छैन। कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङसँग बैठक गर्दा साउनको पहिलो हप्तासम्म आउने कुरा भएको छ,’ उनले भने। रासायनिक मलमा डिएपी  र पोटासको माग केही हदसम्म पूरा भए पनि युरिया मल भने किसानले पाउन सकेका छैनन्।

धान रोपेको ४५ दिनभित्र युरिया मल हाल्न नपाएमा उत्पादन घट्ने सम्भावना रहेको प्रमुख पाण्डेले बताए। ‘धान ३५–४० दिनभित्र गाँजिन थाल्छ। त्यहि बेलामा युरिया मल दिन सक्नुपर्छ। त्यस्तो भएन भने उत्पादन घट्न थाल्छ,’ उनले भने।

प्रकाशित: Jul 03, 2022| 15:26 आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।