बिहीबार, असार ३२, २०८३

एसियाडमा सहभागी हुने एथलेटिक्स टोलीलाई विदाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इन्डोनेसिया- इन्डोनेसियामा आयोजना हुने १८ औं एसियाडमा सहभागी हुन जाने नेपाली एथलेटिक्स टोलीलाई काठमाण्डौं जिल्ला एथलेटिक्स संघले विदाई गरेको छ। 

संघले उक्त टोलीलाई शुक्रबार दशरथ रङ्गशालामा एक कार्यक्रमकाबीच विदाई गरेको हो। एशियाडमा नेपालको तर्फबाट एथलेटिक्समा ४ पुरुष र दुई महिला खेलाडीहरु नेपालको चुनौती प्रस्तुत गर्नेछन्। 

सहभागी हुने खेलाडीहरुमा पुरुष तर्फ यम साजन सुनार, गोपीचन्द्र पार्की, कृष्ण बस्नेत र सोम बहादुर कुमाल तथा महिला तर्फ सरस्वती भट्टराई र विश्वरुपा बुढा रहेका छन्। 

त्यस्तै टिम व्यवस्थापकमा राष्ट्रिय खेलकुद परिषद्की सदस्य शान्ति सिंह र प्रशिक्षकमा प्रमुख प्रशिक्षक अमिरी प्रसाद यादव रहेका छन्। एथलेटिक्स एशियाडमा भाद्र ९ गते देखि ११ गते सम्म चल्ने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।