एजेन्सी-सिरी-ए कुनै एक व्यक्तिको प्रदर्शनले घट्दैन र क्रिस्टियानो रोनाल्डो मात्र सिरी-ए का लागि सबै थोक हैनन् । तर, उनले लिग शुरु हुनु भन्दा पहिले भएको आफ्नो युवा टिमसँगको खेलमा एक गोल गर्दै आफ्नो प्रभाव पारी सकेका छन् । यती सम्म की उनी अझै सिरी-ए मा पनि पुर्व प्रदर्शनको फममा रहने छन् र उनको प्रभावलाई अन्ये क्लबले सिरी-ए मा रोक्न मुस्कील पर्ने अनुमान गरिएको छ ।
३३ बर्षीय रोनाल्डोले पाँच पटक बेलोन डिओर अवार्ड जितेका थिए । उनी पाँच पटक बेलोन डिओर अवार्ड जित्ने पछिल्लो दशकमा सर्वश्रेष्ठ दुई खेलाडी मध्येका एक मात्र हैनन् । उनी विश्वको समूहकै सबै भन्दा लोकप्रिय खेलाडी मध्येका एक हुन् । सामाजिक सञ्जालमा ३१३ मिलियन सकर्थकले पछ्याएका रोनाल्डो यतीखेर सिरी-ए मा आफ्नो ध्यान केन्द्रित गरेका छन् ।
१९८० र ९० को दशकमा शिर्ष स्थानमा रहेको सिरी-ए ले त्यसको केहि बर्ष यता आफ्नो बाटो बिर्षदै लिग लगानीका लागि समेत सक्षम थिएन् । तर, यतिखेर दुनिया फेरी इटालीयन लिग सिरी-ए का लागि पर्खदै कुरा गरिरहेका छन् । पछिल्लो महिना देखी बहस बडेको छ की रोनाल्डोले पुरै लिगलाई फाइदा पुर्याउने या युभेन्ट्सलाई मात्र । त्यो भने लिग शुरु भएसँगै उनको प्रदर्शन र खेल मैदानमा आएका दर्शकको संख्या हेरेर थाहा हुनेछ ।
रोनाल्डोले रियलमा ला लिगाका नौं सिजन खेले । उनले नौं सिजनमा लिगका मात्र २९२ खेल खेले । जसमा ३११ गेल गरे । उनले रियलबाट सबै खाले ४३८ खेल खेल्दै ४५० गोल गरेका छन् । २००३ बाट पोर्चुगल राष्ट्रिय टिमका डेव्यु गरेका उनले राष्ट्रिय टिमबाट सबै खाले १५४ खेलमा ८५ गोल गरेका छन् ।
रोनाल्डो म्यानचेस्टर युनाइटेडमा ६ बर्ष रहदा उनले तीन पटक प्रिमियर लिग, दुई पटक फुटबल लिग कप र एक- एक पटक एफए कप, एफए कमुनिटी सिल्ड, युइएफए च्याम्पियन्स लिग र फिफा क्लब वल्ड कप जिताएका थिए । त्यस्तै नौं बर्ष रियलमा बितादा उनले चार पटक युइएफए च्याम्पियनस लिग, तीन पटक फिफा क्लब वल्र्ड कप, दुई पटक ला लिगा, कपा डेल रे, सुपरकोपा डे स्पाना र युइएफए सुपर कप जिताएका थिए भने पोर्चुगललाई २०१६ को युइएफए युरोपियन च्याम्पियनसिप जिताएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४