बिहीबार, वैशाख ३१, २०८३

फिटनेसका लागि नियमित गरौं यी योगासन

स्वस्थ तथा फिस शरीरका लागि नियमित योग गर्नुपर्छ। योगले शरीरलाई थुप्रै फाइदा पुगाउँछ। योगले मन र मस्तिष्कलाई पनि एकाग्र राख्न मद्दत गर्छ। योगले थुप्रै रोगबाट समेत छुटकारा दिन्छ।
 |  आइतबार, असार १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १९, २०७९

काठमाडौं- जो कोहीलाई फिटनेस रहने चाहना हुन्छ। आजको भागदौडपूर्ण जिन्दगीमा समय अभाव र खाद्यान्नमा हुने मिसावटका कारण शरीर कमजोर भएको हुन्छ। शरीर कमजोर हुँदा रोगको संक्रमण हुने जोखिम उच्च हुन्छ।

National life

स्वस्थ तथा फिस शरीरका लागि नियमित योग गर्नुपर्छ। योगले शरीरलाई थुप्रै फाइदा पुगाउँछ। योगले मन र मस्तिष्कलाई पनि एकाग्र राख्न मद्दत गर्छ। योगले थुप्रै रोगबाट समेत छुटकारा दिन्छ।

नियमित योगासनले शरीरको इम्युनिटी सिस्टमलाई बलियो बनाउँछ। योगाभ्यासले शरीरको अतिरिक्त वोसो कम गर्नुका साथै अनुहारमा चमक ल्याउँछ। 

तान्डासन

तान्डासनको नियमित अभ्यास गर्दा खुट्टा मजबुत हुन्छन्। यो आसन गर्दा पेट सम्बन्धी बिरामीबाट छुटकारा पाउन सकिन्छ।

पाइल्सका बिरामीले नियमित तान्डासन गर्दा स्वास्थ्य लाभ लिन सकिन्छ। तान्डासन गर्दा बालबालिकाको लम्बाई पनि बढ्छ।र

मुजंगासन

नियमित भुजंगासन गर्दा स्वास्थ्यमा राम्रो प्रभाव देखिन्छ। यो आसनले फोक्सोमा फाइदा पुगाउँछ। जुन मानिसमा फोक्सो सम्बन्धी समस्या छ उनीहरूले भुजंगासन गर्न सक्छन्। भुजंगासनले पेटको अनावश्यक बोसोबाट पनि छुटकारा पाउन सकिन्छ।

गोमुखासन

गोमुखासनको नियमित अभ्यासले श्वास सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ। यो आसन फोक्सोका लागि फाइदाजनक हुन्छ।

डायबिटिजका बिरामीले यो आसन गरेर स्वास्थ्य लाभ लिन सक्छन्। यो आसन गर्दा गाइको मुखको जस्तो आकृति हुन्छ। त्यसैले यसलाई गोमुखासन भनिएको हो।

शवासन

योगासन मध्ये एक हो शवासन। यो आसन गर्दा अनिन्द्राको समस्याबाट छुटकारा पाउन सकिन्छ। शवासन गर्दा मानसिक तनावबाट पनि छुटकारा पाउन सकिन्छ। स्वस्थ रहनका लागि नियमित शवासन गर्नु उपयुक्त मानिन्छ।  -अमरउजालाबाट

प्रकाशित: Jul 03, 2022| 06:00 आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्