बिहीबार, चैत १२, २०८२

बेलले रोनाल्डोको स्थान लिन नसक्दा इस्को चिन्तित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
पोर्चुगल- पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको स्थान ग्यारेथ बेलले लिन नसक्दा रियल मड्रिडका अर्का स्टार खेलाडी इस्कोले चिन्ता व्यक्त गरेका छन्।

उनले आफ्नो स्थानिय प्रतिद्धोन्दीसँग युइएफए सुपर कपमा ४-२ ले पराजित भएसँगै यस्तो अभिव्यक्ती दिएका हुन्। यसै हप्ता मात्र रियल एट्लेटिको मड्रिडसँग युइएफए सुपर कपमा पराजित भएको थियो। 

करीम बेन्जेमा र सर्जिओ रामोसको प्रदर्शन प्रति सन्तुष्ट रहेका इस्को बेलको प्रदर्शन प्रति भने चिन्तीत रहेको खुलासा भएको छ। बेललाई टिममा एक स्टार खेलाडीको रुपमा चुनेका थिए। जहाँ आफ्नो स्थानिय चिरपरचित प्रतिद्धन्दीसँगको खेलमा राम्रो प्रदर्शन गर्ने आशा गरिएको थियो। बेलले पुरा १२० मिनेटको खेल खेले र बेन्जेमाका लागि पहिगो पास मिलाएका थिए। तर, उनी आफुले भने गोल गर्न सकेनन्।

नयाँ रियल बोस जुलेन लोपेटेगुइले रोनाल्डोकोस्थान बेलले लिनेमा विश्वस्त रहेका थिए। किनकी यसै सिजन रोनाल्डो १२२ मिलियन युरोमा युभेन्ट्स पुगेका थिए। 

डन बालोनका अनुसार कैयौ रियलमा उच्च पदाधिकारी र खेलाडी चिन्तीत छन् की बेल रोनाल्डोको स्थानमा पुग्न धेरै टाढा छन्। उनलाई रियल बोस लोपेटेगुइले यस सिजनका लागी २९ बर्षीय बेलको तयारीलाई पोत्साहित गरेको थियो। रियल बोसले भने, ‘उनी राम्रो खेल्छन्। तर, यस सिजनको यस खेलमा उनले राम्रो खेल्न सकेनन्। हामी उनको प्रदर्शन प्रति खुसी छौ र आसा छ की उनले यसै खेलबाट आफ्नो प्रदर्शनमा सुधार गर्दै लैजाने छन्।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।