शनिबार, मंसिर २३, २०८०
  • गृहपृष्ठ
  • विदेश
  • उच्च गर्मीपछि जापान सरकारद्वारा तीन महिने ऊर्जा बचतका लागि आह्वान

उच्च गर्मीपछि जापान सरकारद्वारा तीन महिने ऊर्जा बचतका लागि आह्वान

जापान सरकारले सात वर्षमा पहिलो पटक शुक्रबार व्यवसाय तथा वस्तीहरूमा बिद्युतको अभावबाट बच्नको लागि तीन महिना अवधिको लागि विद्युत संरक्षणका लागि अनुरोध गरेको छ।
 |  शनिबार, असार १८, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शनिबार, असार १८, २०७९

टोकियो- जापान सरकारले सात वर्षमा पहिलो पटक शुक्रबार व्यवसाय तथा वस्तीहरूमा बिद्युतको अभावबाट बच्नको लागि तीन महिना अवधिको लागि विद्युत संरक्षणका लागि अनुरोध गरेको छ।

sagarmatha cement

गर्मीसँगै तातो हावा बहन थालेपछि विद्युतको खपत अत्यधिक खपत हुन थालेको समय सरकारले विद्युत खपतमा सावधानी अपनाउन आग्रह गरेको हो। सरकारले सेप्टेम्बरदेखि विद्युतको प्रयोगमा कटौती गर्ने कुनै तालिका सार्वजनिक नगरे पनि मानिसहरूलाई उद्योगहरूको सञ्चालन तथा नागरिकहरूको दैनिक जीवनमा बाधा सिर्जना नगरिकन विद्युत खपत स्तर कम गर्न आग्रह गरेको हो। 

स्थानीय सञ्चार माध्यमका अनुसार सातौं दिनसम्म लगातार ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम रेकर्ड गरिएको र यसबाट ‘अत्यधिक गर्मी’ भएको अधिकारीहरूले बताएका छन्। शुक्रबार टोकियोमा ३७.० डिग्री सेल्सियसमा पुगेको छ। विद्युतको कमीबाट बच्न मानिसहरूले ऊर्जा संरक्षणका उपायहरू अपनाउनु विशेष गरी महत्वपूर्ण हुन  भन्दै सरकारले साँझ ५ बजेदेखि ८ बजेसम्म कम विद्युत खपतका लागि सूचना जारी गरेको हो। उक्त समय सौर्य ऊर्जा उत्पादन घट्दा विद्युतको माग अनुसार आपुर्तिमा अभाव हुने देखिएको अधिकारीले बताएका छन्।

यस बर्ष जापानका विभिन्न छ स्थानमा ४० डिग्री असामान्य तापक्रम वृद्धिसँगै अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले मानिसहरूलाई तापघात र तापसित सम्बन्धित अन्य रोगहरूको चिन्ताले गर्दा एयर कन्डिसनरको प्रयोग जारी राख्न पनि आग्रह गरेको छ। 

मन्त्रालयले एयर कन्डिसनर बन्द गर्नुको सट्टा बत्तीको लागि बिजुलीको खपतमा कमी गर्न र अनावश्यक विद्युतीय उपकरणहरूको कम प्रयोगका लागि आग्रह गरेको हो। जापानको मौसम विज्ञान निकायले कान्टो–कोशिनदेखि क्युशु क्षेत्रसम्म व्यापक गर्मीसँगै शुक्रबार ‘लु’ लाग्ने चेतावनी जारी गरेको थियो। जापानका अस्पतालहरूमा उच्च तापक्रमका कारण देखिने समस्याहरू लिएर जानेको सङ्ख्या उल्लेख्य बढेको बताइएको छ।

Metro Mart
worldlink

तातो हावा बहने सम्भावना रहेका क्षेत्रमा उच्च तापक्रमका कारण हुनसक्ने मस्तिष्कघात रोक्न नागरिकहरूले घरबाहिर निस्कँदा मास्क नलगाउन जापानका उप–मुख्य मन्त्री सेइजी किहाराले आग्रह गर्नुभएको छ।

किहाराले यस विषयमा प्रेस ब्रिफिङमा भने, 'कोभिड–१९ सङ्क्रमण रोक्नका लागि यसपूर्व सरकारले गरेको निर्देशनलाई पुनः विचार गर्दै निकै नजिक रहेर अरू मानिससँग बोल्दा वा बस्दाबाहेक मास्क फुकाल्न आग्रह गर्दैछौं।'

प्रकाशित: Jul 02, 2022| 06:00 शनिबार, असार १८, २०७९
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्